Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsगैरआवासिय नेपालीका सन्तानले पनि नेपाली नागरिकता पाउनुपर्छ – युवा नेता गगन थापा

गैरआवासिय नेपालीका सन्तानले पनि नेपाली नागरिकता पाउनुपर्छ – युवा नेता गगन थापा


सिड्नी
नेपाली कांग्रेसका युवा नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले गैर आवासिय नेपालीका सन्तानलाई पनि बिना राेकटाेक नेपाली नागरिकता दिनुपर्नेमा जाेड दिनुभएकाे छ ।
मेलवर्नस्थित जनसम्पर्क समितिले गरेकाे कार्यक्रममा पुर्व मन्त्री थापाले विदेशमा हुर्कदै गरेका दाेस्राे र तेस्राे पुस्ताका नेपालीकाे सिप र दक्षता लाई स्वदेश भित्र्याउन पनि उनीहरुलाई गैर आवासिय नेपाली नागरिकता दिनुपर्ने धारणा राख्नु भएकाे हाे ।
“विदेशी नागरिकता लिएका पहिलाे पुस्ताकाे नेपालीकाे मनमा त यसै पनि नेपाल हुन्छ, विदेशमा बसेपनि ९० प्रतिशत समय उनीहरु नेपालकै बारे साेचिरहेका हुन्छन्” युवा नेता थापा भन्नुहुन्छ- “विदेशमै जन्मिएका र त्यहीकै संस्कारमा हुर्किएका नयाँ पुस्ताका नेपालीलाई नेपालसंग जाेड्नका लागि पनि हामीले नागरिकता दिन कञ्जुस्याई गर्नहुन्न”।
गैर आवासिय नेपालीका सन्तानलाई पनि नागरिकता दिन ऐनमा संसाेधनका लागि पहल र छलफल भईरहेकाे उहाँकाे भनाई थियाे ।

विद्यमान नागरिकता ऐनले विदेशी नागरिकता लिईसकेका नेपालीले समेत गैर आवासिय नेपालीकाे हैसियतमा नेपाली नागरिकता लिन पाउछन् । याे नागरिकता वाहकले चुनाव लड्न र मतदान गर्न भने पाउदैनन् ।

कार्यक्रममा युवा नेता थापाले विदेशमा बस्ने नेपालीलाई स्वदेशमा च्यारिटी गर्नुकाे साटाे ससना उद्यममा लगानी गर्न सुझाव दिनुभयाे । “च्यारिटीकाे आफ्नै महत्व हाेला” नेता थापा भन्नुहुन्छ-“तर, तपाईले केही उद्यम गर्छ भन्ने युवालाई आर्थिक र प्रशासनिक रुपमा साथ दिनुभयाे भने, त्यसले अरु थुप्रै राेजगारी सृजना गरि देश विकासमा टेवा पुर्याउछ” ।
कार्यक्रममा भावुक बनेका नेता थापाले अहिले नेपालमा युवा शक्ति भएकै बेला देश विकास गर्नुपर्नेमा जाेड दिनुभयाे ।
उहाँले देशले प्राप्त गरेकाे उपलब्धिलाई संस्थागत गर्दै नयाँ जाेश र जागरक साथ देश विकास गर्नपनि सरकारलाई सुझाव दिनुभयाे ।
नेपालले धेरै उपलब्धी हासिल गरिसकेकाले देशमा केही हुदैन भनेर निराश नहुन पनि उहाँले सबैलाई आग्रह गर्नुभयाे ।
सिड्नीकाे एक च्यारिटी डिनर कार्यक्रममा सहभागी हुन थापा अष्ट्रेलिया आउनुभएकाे हाे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ