Thursday, 16 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअनसनरत भूपु गोर्खा सैनिकमाथी बेलायती प्रहरीको बल प्रयोग

अनसनरत भूपु गोर्खा सैनिकमाथी बेलायती प्रहरीको बल प्रयोग


काठमाडौं । समान पेन्सनको माग गर्दै आमरण अनसनमा बसेका बेलायती सेनामा कार्यरत भूपु गोर्खा सैनिकको कार्यक्रममा बेलायती प्रहरीले हस्तक्षेप गरेको छ । शनिबारदेखि आमरण अनसन बस्न थालेका भूपु गोर्खाली सैनिकलाई उक्त थलोबाट हटाउन बेलायती प्रहरीले आज बल प्रयोग गरेको हो ।

अनसनको नेतृत्व गरेका ज्ञानुराज राईलाई प्रहरीले धकेलाधकेल गर्दै हट्न चेतावनी दिएको बताइएको छ । रिले अनसनको दुई साता पुगेपनि मागको सुनुवाइ नभएको भन्दै भूपु सैनिकले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालयअघि शनिबारदेखि आमरण अनसन थालेका थिए । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले गोर्खाली सैनिकको माग सम्बोधनका लागि कूटनीतिक पहल थाल्न सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।

एनआरएनको टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका क्रममा समेत भुपू गोर्खाको मागका बारेमा आवाज उठेपछि प्रधानमन्त्री देउवाले मागसम्बोधनका लागि सरकारको तहबाट पहल गर्ने बचन दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ