Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअफगानिस्तानबाट शनिबार साँझसम्म ५०४ जना नेपालीको उद्धार

अफगानिस्तानबाट शनिबार साँझसम्म ५०४ जना नेपालीको उद्धार


काठमाडौं । तालिवानले कब्जा गरेसँगै संकटग्रस्त बनेको अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपालीको उद्धार भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार टर्किस एयरबाट २६ जना र जजिरा एयरबाट ९ जना गरी ३५ जनाको उद्धार भएको छ ।

कन्सुलर सेवा विभागको वेव पोर्टलमा शनिबार साँझ ५ बजेसम्म ३१७ जना नेपालीहरूले स्वदेश फिर्तिका लागि आफ्नो विवरण दर्ता गरेका छन् । उद्धारको लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्यसम्म पुगिसकेकाहरुको विवरण रुजु गरी बाँकी व्यक्तिहरूको उद्धार गर्न उद्धार उडान गरिरहेका देशहरुसँग समन्वय भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

अफगानिस्तानमा विद्रोही समूह तालिवानले कब्जा जमाएपछि त्यहाँ कार्यरत नेपालीलाई उद्धार गर्न शुरु गरिएको छ । उद्धार गरिएकाहरुको कोरोना संक्रमण परीक्षण गरेर घर पठाउने काम भएको छ भने संक्रमण पहिचान भएकाहरु आइसोलेसनमा राखिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ