मेलवर्नमा मृगौला रोगबाट ग्रसित नेपाली युवकको ज्यान बचाउन सहयोग संकलन सुरु
ब्रिजवेन
दुबै मृगौला बिग्रिएर जीवनसंग संघर्ष गरिरहेका एक नेपाली युवकको ज्यान बचाउन मेलवर्नमा सहयोग संकलन सुरु गरिएको छ ।
मेलवर्नस्थित फेडेरेसन विश्वविद्यँयलमा एमपिए विषय अध्ययनरत विद्यार्थी अमित थापा मगरको ज्यान जोगाउन रोयल फुटबल क्लबले गो फण्डमी मार्फत सहयोग जुटाउन सुरु गरेको हो । क्लबका अध्यक्ष टिका लिम्बुले सुरु गर्नु भएको गो फण्डमीमा चारदिनमै २ सय ६४ जनाले साढे १३ हजार डलरभन्दा बढी रकम सहयोग गरिसकेका छन् । अमितलाई नेपाल लगेर मृगौला प्रत्यारोपणका लागि सहयोग गर्न ५० हजार डलर संकलन गर्ने लक्ष्य राखिएको छ ।
सन् २०१९ मा अष्ट्रेलिया आउनु भएका अमितले सुरुवात देखि नै मेलवर्नको रोयल फुटबल क्लबबाट फुटबल खेल्दै आउनुभएको थियो । काठमाडौ घोबीघाटका स्थाई बासिन्दा अमितलाई सन् २०२० को नोभेम्बरमा मृगौला रोग पुष्टी भएको हो । दुबै मृगौलाले काम गर्न छाडेपछि हप्ताको ३ पटक डाइलासिस गरेर अमितले जीवन बचाउदै आउनुभएको छ । मृगौला रोगकै कारण काम र पढाई अघि बढाउन नसकेपछि साथीभाई, गैरआवासिय नेपाली संघ र रोयल फुटवल क्लबले केही रकम सहयोग गरेको छ । सधै डाइलासिसकै भरमा बाच्न नसकिने भएकोल २६ वर्षिय अमित नेपालमै गएर मृगौला पत्यारोपण गर्ने तयारीमा जुट्नु भएको हो । नेपालट्युबसंग कुरा गर्दै अमितले आमा र भाई मध्ये एक जनाले मृगौला दिने तयारी भइरहेको जानकारी दिनुभयो । जसको मृगौला मेल खान्छ उसैको लिएर प्रत्यारोपण गरिने अमितले बताउनुभयो । पढाईका लागि पैसा खर्च भइसकेकाले मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग जुटाउनु परेको अमितको भनाई छ । आफ्नो ज्यान बचाइदिने अमितले अष्ट्रेलियाका सबै नेपालीमाझ सहयोगको अपिल समेत गर्नुभएको छ । ‘म बाचेर केही गर्न चाहान्छु’- २६ वर्षिय अमितले भन्नुभयो-‘मलाई आफ्नै दाईभाई र छोराछोरी सम्झेरसकेको सहयोग गरिदिनुहोला’ । अमित उपचारका लागि आगामी सेप्टेम्बरमा नेपाल जाने तयारी गरिरहनु भएको छ । त्यसबेलासम्म सहयोग संकलन भएमा आफ्नो ज्यान बाच्ने र पुन सुन्दर भविष्यका लागि अष्ट्रेलिया फर्कने अमितको तयारी छ ।
अमितलाई सहयोग गर्नका लागि रोयल फुटबल क्लबले संचालन गरेको गोफण्डमिको यो लिंकमा क्लिक गर्न सक्नुहुनेछ ।
अमितको बैंक खातामा समेत सिधै रकम जम्मा गर्न सक्नुहुनेछ ।
To deposit your support fund, please use the below bank account details and use reference as HELP AMIT.
Account Name: Amit Thapa Magar
BSB No: 063 001
Ac No: 11170752
Ref: HELP AMIT
CommBank.
तपाईको प्रतिक्रिया