Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए अष्ट्रेलियाको एक वर्षको कारोबार २२ लाख डलर । बचत कत्ति ?

एनआरएनए अष्ट्रेलियाको एक वर्षको कारोबार २२ लाख डलर । बचत कत्ति ?


सरल गुरुङ/ब्रिजवेन
एक समाजिक संस्था भएर पनि गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले एकै वर्षमा झण्डै २२ लाख डलरको कारोबार गरेको छ । यो रकम नेपाली रुपैया झण्डै १८ करोड २६ लाख जति हुन आउछ । संघका कोषाध्यक्षले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष (२०२०/२१) मा एनआरएनए अष्ट्रेलियाले २१ लख ८० हजार ९९३ डलरको कारोबार गरेको छ । जसमध्ये १७ लाख ७७ हजार ८१३ डलर विभिन्न शिर्षकमा खर्च भएको छ । सबै खर्च कटाएर अघिल्लो आर्थिक वर्षमा एनआरएनए अष्ट्रेलियाको बैंक खातामा ४ लाख २८ हजार ४९८ डलर बचत भएको छ । यो रकम जोडिएपछि जुन ३० सम्ममा एनआरएनए अष्ट्रेलियाको बैक खातामा ७ लाख ४९ हजार ९७२ डलर बचत भएको छ ।

NRNA Australia Finance 2021-21 Source-NRNA Australia

उद्धार उडानले बढायो कारोबार

कोराना लक डाउनका कारण अष्ट्रेलियामा रोकिएका नेपालीको उद्धार गर्न गैर आवासिय नेपाली संघ, राजदूतावास, समाजिक संघसंस्था र पत्रकारहरुको सामुहिक टिमले तीन वटा जहाज चार्टड गरेको थियो । चाटर्ड विमानको टिकट कारोबार र खर्चले अघिल्लो आर्थिक वर्षमा एनआरएनए अष्ट्रेलियाको कारोबारको ठुलो हिस्सा ओगटेको छ । गत वर्ष ११ लाख ८६ हजार ९७९ डलरले विमान चाटर्डका लागि नै कारोबार भएको छ । त्यस्तै सदस्यताबाट ५ लाख १३ हजार २२७ डलर एनआरएनए अष्ट्रेलियाको खातामा आएको छ । २ लाख ७२ हजार चन्दा संकलन हुदा एनआरएनए अष्ट्रेलियाले १ लाख २३ हजार डलर सरकारबाट अनुदान लिएको छ । त्यस्तै विभिन्न कार्यक्रमका लागि ८५ हजार ४९८ डलर एनआरएनए अष्ट्रेलियाले व्यापारिक प्रायोजनका लागि लिएको छ ।

झण्डै ४ लाख डलर चन्दा र सहयोगमा खर्च

गत आर्थिक वर्षमा एनआरएनए अष्ट्रेलियाले सामुदायिक हितका लागि नेपाल र अष्ट्रेलियामा गरेर ३ लाख ९१ हजार ९५० डलर खर्च गरेको छ । त्यस्तै कोभिडका बेला अप्ठ्यारोमा परेका विद्यार्थी र नेपालीलाई खाद्यान्य वितरण र सहयोगका लागि ५४ हजार १४३ डलर खर्च भएको छ । त्यस्तै संस्थाको प्रशासनिक क्षेत्रमा ४८ हजार डलर खर्च भएको छ ।
गैर अवासिय नेपाली संघ अष्ट्रेलियाको आर्थिक प्रतिवेदनको पूर्ण पाठ यस लिंकमा उपलब्ध छ । NRNA Australia Financial Report 2020-21



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ