Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन वृद्धि गर्दै

बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन वृद्धि गर्दै


काठमाडौं, लन्डन । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सनमा वृद्धि गर्न लागेको जानकारी गराएको छ । रक्षा मन्त्रालयले गैरआवासीय नेपाली संघलाई पत्र लेख्दै पेन्सन स्किमअनुसार भूपु गोर्खा सैनिकको पेन्सन वृद्धि गर्न सरकार तयार रहेको जानकारी गराएको हो ।

तर, सन् १९९७ भन्दा पहिला सेवा निवृत्त भएका गोर्खा सैनिकहरुको समान पेन्सनको मागबारे भने पत्रमा केही उल्लेख गरिएको छैन । एनआरएन युकेका अध्यक्ष सन्ता गाहा मगरले अगस्ट १६ मा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेख्दै ब्रिटिस गोर्खाहरुले उठाउँदै आएको समान पेन्सन र समान सुविधाको माग तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको थियो । बेलायती रक्षा मन्त्रालयले माग बमोजिम पेन्सन लगायतका सुविधा पुनरावलोकन गर्न सरकार तयार रहेको भन्दै उक्त पत्रको जवाफ फर्काएको हो ।

‘गोर्खा भेट्रान्सको सुविधा वृद्धि गर्न बेलायत सरकार तयार छ’ पत्रमा भनिएको छ । यसका लागि बेलायत सरकारले यही महिना (सेप्टेम्बर)मा छलफलको आयोजना गर्ने जनाएको छ । छलफलमा रक्षा मन्त्रालय, बेलायती सैनिक मुख्यालय, गोर्खा सैनिकका प्रतिनिधि र नेपाली राजदूत सहभागि हुने भनिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ