Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsराजदूत शेर्पा अष्ट्रेलिया फिर्ता ! के हो वास्तविकता ?

राजदूत शेर्पा अष्ट्रेलिया फिर्ता ! के हो वास्तविकता ?


सरल/सिड्नी
राजदूत लक्की शेर्पा अष्ट्रेलिया फर्कनु भएको छ । राजदूत शेर्पा सोमबार नेपालबाट अष्ट्रेलिया फर्कनु भएको हो । संक्षिप्त कुराकानीका क्रममा उहाँले आफु फर्किएको पुष्टी गर्नुभयो ।

पूर्व सवारी चालकले पैसा लेनदेनको आरोप लगाएपछि छानविनका लागि राजदूत शेर्पा एक महिनाअघि नेपाल जानुभएको थियो ।
परराष्ट्र मन्त्रालयले छानविन सकेपनि सरकारले राजदूतको विषयमा निर्णय लिइसकेको छैन । सरकारले सार्वजनिक रुपमा निर्णय नगर्दै राजदूत शेर्पा अष्ट्रेलिया फर्कनुलाई यहाँको नेपाली समाजले चासोका साथ हेरेका छन् ।
गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले राजदूत फर्किएर क्यानवेरस्थित निजी निवासमै बसिरहनुभएको खबर पाएको जानकारी दिनुभयो । “राजदुतज्यु फर्कनु भएको साचो हो” – प्रवक्ता खरेलले भने – “तर लिखित रुपमा हामीले केही पनि जानकारी नपाएकाले कुन हैसियतमा उहा“ फर्कनुभएको भन्न सकिन्न” । तर, राजदूतबाट छिट्टै यसको पनि जानकारी हुने खरेलले आशा व्यक्त गर्नुभयो । 

त्यसो त, ” तपाइको विवाद टुंगिएको हो” भन्ने नेपाल ट्युबको प्रश्नमा राजदूत शेर्पाले संक्षिप्त प्रतिक्रिया दिदै भन्नुभयो – ” अब मेरो कुनै विवाद छैन, अहिलेसम्म जति कुरा मिडियामा आए त्यो हल्ला मात्रै हो ” ।

राजदूत कुन हैसियतमा फिर्ता भएको भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । नेपालबाट प्रकाशित हुने केही संचारमाध्यमले राजदूत शेर्पाले सफाइ पाएर राजदूतकै हैसियतमा अष्ट्रेलिया फर्किएको दावी गरेर समाचार छापेका छन् । केही मिडियाले भने, राजदूत बारे निर्णय लिन अझै बाकी भएको खबर छापेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ