Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएक्सपर्टले जित्यो नाइस क्रिकेट कपको उपाधी (भिडियो सहित)

एक्सपर्टले जित्यो नाइस क्रिकेट कपको उपाधी (भिडियो सहित)


ब्रिजवेन/ नाइस होम्स टि २० क्रिकेट कपको उपाधी एक्सपर्ट नेपलिज क्रिकेट क्लब ब्रिजवेनले जितेको छ । फाइनलमा ब्राइटन ब्रिजवेन नेपलिज क्रिकेट क्लबलाई २३ रनले पराजित गर्दै एक्सपर्टले विजय झण्डा गाडेको हो । पहिले ब्याटिङ गरेको एक्सपर्टले ५ विकेट गुमाउदै २० ओभरमा १ सय ७२ रन बटुलेको थियो । रजत सिग्देलले ५३ रन जोड्दा सन्तोष क्षेत्रीले ३६ रनको योगदान दिएका थिए ।
त्यस्तै ब्राइटनले २० ओभर खेल्दा १ सय ४९ रन मात्रै जोड्न सफल भएको थियो । सात विकेट गुमाएको ब्राइटनले २३ रनको अन्तरले खेल हारेको हो । ब्राइटनका सुबास यादवले ४० र रेसव भेटवालले २२ रनको योगदान गरेका थिए ।
आइतबार ब्रिजवेनस्थित क्लेफिल्डको कलिंगा पार्कमा भएको फाइनलमा म्यान अफ द म्याच एक्सपर्टका रजत सिग्देल बने भने ब्राइटनका सुभास यादवले म्यान अफ द सिरिजको उपाधी चुमेका छन् । त्यस्तै वेष्ट बलरको उपाधी ब्रिजवेन युनाइटेड क्रिकेट क्लबका आशिष लामिछानेले उचाल्दा वेष्ट ब्याटमानको ताज भने नोभा क्रिकेट क्लब टोओम्बाका विक्रम सापकोटाको चुमे ।
विजेता टिम र खेलाडीलाई अवार्ड र नगद पुरस्कार प्रदान गरिएको छ । कुइन्सल्याण्ड राज्यका ८ वटा नेपाली क्रिकेट टिमबिच लिग प्रतियोगिता भएको हो । अ क्रिकेटको माध्यमबाट नेपाली समुदायलाई जोड्न र खेलाडीहरुलाई अवसर प्रदान गर्नका लागि कुइन्सल्याण्ड नेपलिज क्रिकेट एशोसियसनले प्रतियोगिताको आयोजना गरेको हो । अप्रिल १८ तारिखबाट सुरु भएको खेलमा कुइन्सल्याण्डका नेपाली ८ टिमका १ सय १० खेलाडी सहभागिता जनाएका थिए । पुरै कप अवधी भर ३६ वटा खेल आयोजना भएका थिए । । नेपाली र नेपालीमुलका खेलाडी सहभागी टिमले मात्र प्रतियोगितामा सहभागी हुन पाउने भएकाले यस प्रतियोगिताले नयाँ पुस्तालाई क्रिकेटमा लाग्न प्रेरित गर्ने एशोसियसनका अध्यक्ष नारायण कोइरालाले बताउनुभयो । प्रतियोगितालाई ब्रिजवेनस्थित नाइस होम्सले प्रायोजना गरेको हो । एशोसियसनले केही महिनामा नै अर्को एम्पाएर क्रिकेट कपको आयोजना गर्दैछ ।

फाइनल खेलको भिडियो यहाँ छ

QNCA Nice T20 Cup – Grand FINAL – Expert Nepalese v Brighton Brisbane Nepalese – YouTube

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ