Tuesday, 9 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsपुष्करका लागि २४ घण्टा नबित्दै उठ्याे ५ हजार डलर । गाला डिनरका लागि उर्लियाे साथ

पुष्करका लागि २४ घण्टा नबित्दै उठ्याे ५ हजार डलर । गाला डिनरका लागि उर्लियाे साथ


पुष्कर शाहलाई सहयाेग गर्न जुटेका सिड्नीका युवा

विश्व साईकल यात्री तथा सगरमाथा आराेही पुष्कर शाहका लागि सहयाेग उठ्ने क्रम बढ्न थालेकाे छ ।

२४ घण्टा नबित्दै ५ हजार डलर उठिसकेकाे शाहले बताए । याे क्रम अझै बढ्ने सक्ने उनकाे विश्वास छ ।

त्यसाे त, पुष्कर फाउण्डेसनले आयाेजना गर्न लागेकाे गाला डिनरका लागि पनि सहयाेगकाे वाचा बढ्न थालेकाे छ।

डिसेम्बर १३ तारिखमा सिड्नीकाे रकडेलस्थित ईन्द्रेणी फङ्सन सेन्टरमा पुष्कर शाहका लागि गाला डिनर हुदैछ । सिड्नीका युवा बद्री क्षेत्रीकाे समुहले गाला डिनर गर्न लागेकाे हाे । जसमा गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका पदाधिकारीकाे पनि साथ छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ