Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजबेनको मुटुमै दशैं तिहार मनाइने, देउसी भैलो पनि खेलिने

ब्रिजबेनको मुटुमै दशैं तिहार मनाइने, देउसी भैलो पनि खेलिने


ब्रिजवेन/नेपालीहरुको महान पर्व दशैं र तिहार यसपाली ब्रिजवेनको मुटु फोर्चिच्युट भ्यालीमा सार्वजनिक रुपमै मनाईने भएको छ । फुलपातीको दिन अक्टोबर १२ तारिखमा दशैंतिहारको विशेष कार्यक्रम हुन लागेको हो । ब्ल्याक आइ क्रियसनले नेपाली कला र संस्कृतिलाई संरक्षण गर्दै नेपाली पर्वलाई अष्ट्रेलियामा पनि चिनाउनका लागि दशैं तिहार सार्वजनिक रुपमै मनाउन लागेको हो । क्रियसनले यसअघि सन् २०१९ मा पनि दशैं तिहार कार्यक्रमको आयोजना गरेको थियो । सन् २०११ सालमा पहिलो पटक ब्रिजवेनमा क्रियसनका राजु कानले ब्रिजवेनमा दशैंतिहारको कार्यक्रम आयोजना गर्नुभएको थियो । त्यसपछि हरेक वर्षझै कानको सक्रियतामा दशैंतिहारको कार्यक्रम हुदै आएको छ ।
भ्यालीको खुल्ला स्थानमा हुन लागेको दशैंतिहार कार्यक्रममा सांस्कृतिक नृत्य, देउसी भैलो, कन्सर्ट, फेशन शो र डिजे जस्ता गतिविधी हुने आयोजकले जनाएको छ । निशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा नेपाली लगायत स्थानियहरुको ठुलै जमघट हुने आयोजकको विश्वास छ । कोरोनाका कारण सिमाना बन्द भएकाले यसपाली नेपालको साटो स्थानिय कलाकारहरुले नै मनोरञ्जन दिने कानले बताउनुभयो । यसपालीको दशैंतिहार कार्यक्रमको मुख्य प्रायोजकमा एबिसी ग्लोबल कन्सलटेन्सी रहेको छ ।

सन् २०११ को पहिलो दशैंतिहार कार्यक्रम



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ