Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्समा १३५१ र भिक्टोरियामा ५१४ जना कोरोना संक्रमित थपिए, कहिलेसम्म बन्दाबन्दी ?

न्यु साउथ वेल्समा १३५१ र भिक्टोरियामा ५१४ जना कोरोना संक्रमित थपिए, कहिलेसम्म बन्दाबन्दी ?


ब्रिजबेन,अष्ट्रेलिया । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा १ हजार ३५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य विभागका अनुसारपछिल्लो २४ घण्टामा गरिएको १ लाख २९ हजार २६६ जनाको स्वाब परिक्षणबाट १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका सबै कोरोना संक्रमित स्थानीय रहेको बताइएको छ । न्यु साउथ वेल्समा अहिलेसम्म १ करोड ५३ लाख २५ हजार ७५३ जनाको कोरोना परीक्षण गरिएकोमा ४८ हजार १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य विभागको तथ्यांक अनुसार न्यु साउथ वेल्समा मृत्युदर बढ्दो क्रममा देखिएको छ । न्यु साउथ वेल्समा कोरोनाबाट २६६ जनाले ज्यान गुमाएका छन् । यता, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ५१४ जना स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । ६१ हजार ९६१ जनाको स्वाब परीक्षण गर्दा यी संक्रमित पहिचान भएका हुन ।

यी दुई राज्यमा लामो समयदेखी बन्दाबन्दी कायमै छ । कोरोना संक्रमणको सुरुवाती समयमा प्रतिदिन १ सय जनाभन्दा कममा संक्रमण पहिचान हुने गरेपनि लकडानपछि संक्रमण रोकिनुको साटो थप बढ्दो क्रममा छ । सरकारले लकडाउनमा भैरहेको एक घरबाट अर्को घरको ओहोरदोहोर ठूलो समस्या रहेको औँल्याउदै प्रतिबन्धलाई कडाई गरेपनि कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन । बन्दाबन्दीबाट समेत स्थानीय सरकारले कोरोना नियन्त्रण गर्न नसक्नुमा स्थानीय नागरिकको हेलचेक्राई बढी देखिएको छ । यद्यपी बन्दाबन्दी लामो समयसम्म कायम राख्न नहुने भन्दै अष्ट्रेलियाका विभिन्न राज्यहरुमा आन्दोलन समेत हुँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ