Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभोली र पर्सी कुइन्सल्याण्डभर खोप मेला । लाइन बसेर सबैले खोप लगाउन पाउने । (ठेगानासहित)

भोली र पर्सी कुइन्सल्याण्डभर खोप मेला । लाइन बसेर सबैले खोप लगाउन पाउने । (ठेगानासहित)


ब्रिजवेन, सेप्टेम्बर १८ र १९ तारिखमा कुइन्सल्याण्डभर कोरोनाको खोप लगाउने कार्यलाई तिब्र बनाइने भएको छ । अष्ट्रेलियाको अन्य राज्यहरुको तुलनामा कुइन्सल्याण्डमा खोप लगाउने मानिसको संख्या सबैभन्दा कम छ । हालसम्म केबल ५८.२ प्रतिशतले कोरोनाको पहिलो खोप लगाएका छन् । यो संख्या न्यु साउथ वेल्समा ८०.७ प्रतिशत छ ।


खोपको दरलाई तिब्रता दिन कुइसन्ल्याण्डले यो शनिवार र आइतबार राज्यभर सुपर भ्याक्स विकेण्ड संचालन गर्न लागेको हो । यस अवधीमा राज्यभर तोकिएका अस्पताल र क्लिनिकहरुमा १२ वर्षभन्दा माथीका जो कोहीले पनि लाइन बसेर खोप लगाउन सक्ने कुइन्सल्याण्ड सरकारले जनाएको छ । जसका लागि ग्रेटर ब्रिजवेनदेखि केन्ससम्मै स्थानहरु तोकिएको छ । सामान्यतया बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहने यस्ता खोपकेन्द्रहरुमा बन्द हुनु एक् घण्टा अगाडीसम्म पुग्न अनुरोध गरिएको छ । स्थान र खोपकेन्द्रहरु खुल्ने समय फरक फरक भएकाले थप जानकारीका लागि कुइन्सल्याण्ड सरकारको हेल्थ वेवसाइटमा गएर विस्तृत विवरण हेर्नुहोला ।
यदि लाइन बसेर पनि सोही दिन खोप लगाउन नसकिएमा तपाइका लागि उक्त केन्द्रले नै अर्को निकट समयका लागि बुक गरिदिने जनाइएको छ । खोप केन्द्रहरुमा खोपको मात्रा निश्चित भएकाले समयमै पुगेर लाइन बस्दा राम्रो हुने देखिन्छ ।
लाइन बसेर खोप लगाउन मिल्ने खोपकेन्द्रहरुको ठेगाना र समय यस्तो छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ