Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभोली हुने भनिएको एनआरएनए अष्ट्रेलियाको साधारण सभा रोकियो । यस्तो छ कारण

भोली हुने भनिएको एनआरएनए अष्ट्रेलियाको साधारण सभा रोकियो । यस्तो छ कारण


ब्रिजवेन
सेप्टेम्बर १८ शनिवारका लागि तय भएको गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको वार्षिक साधारण सभा स्थगित भएको छ । अन्तराष्ट्रिय समन्वय परिषद आइसिसिको प्रतिनिधी छनोट विवादमा परेपछि साधारण सभालाई पनि असर गरेको हो । अष्ट्रेलियाले छनोट गरेको प्रतिनिधीमध्ये २५ प्रतिशत कोटामा परेकाहरुको सम्बन्धमा उत्पन्न विवाद आइसिसि हुदै नेपालको परराष्ट्र मन्त्रालयसम्म पुगेको छ । परराष्ट्रले विवादित देशमा निर्वाचन र साधारण सभा सम्बन्धी कुनै पनि काम कारवाही नगर्न हालै आइसिसिलाई निर्देशन दिएको थियो । त्यहि निर्देशनका आधारमा अष्ट्रेलियाको साधारण सभा पनि स्थगित गरिएको निवर्तमान अध्यक्ष केशव कँडेलले जानकारी दिनुभयो ।
अर्को साधारण सभाको मिति अक्टोबर २ तारिखलाई तोकिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ । त्यसबेलासम्म पनि विवाद नमिले साधारण सभा के हुन्छ भन्ने प्रश्नमा कँडेलले त्यसपछि भने जसरी पनि साधारण सभा गर्नैपर्ने अवस्था रहेको बताउनुभयो ।
कोरोनाका कारण यसपाली एनआरएनए अष्ट्रेलियाको ९ औं साधारण सभा भच्युयल माध्यमबाट हुने तय भएको थियो ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ