Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा परिक्षा नै नदिई IELTS को प्रमाणपत्र दिने भन्दै ठग्ने गिरोह सक्रिय, फसे नेपाली !

अष्ट्रेलियामा परिक्षा नै नदिई IELTS को प्रमाणपत्र दिने भन्दै ठग्ने गिरोह सक्रिय, फसे नेपाली !


सिड्नी/ हरे अष्ट्रेलियामा ठगी पनि कस्ता कस्ता ? भिषा रद्ध गरिदिने, पक्राउ गर्ने जस्ता धम्की दिएर स्यामरले नेपालीहरुको हजारौं डलर कुम्ल्याएको खबर त बाहिर आइरहेकै छ । पछिल्लो समय यहि ठगीको लिष्टमा अर्को एउटा विषय पनि थपिएको छ । कोरोनाका लकडाउनका कारण सिड्नी र मेलवर्न जस्ता शहरहरुमा अग्रेंजी भाषा आइइएलटिएस IELTS र पिटिइको परिक्षा हुन सकेको छैन । परिक्षा स्थगित हुदा भिषा थप्न र ४८५ भिषा हाल्न पनि समस्या परेको छ । त्यहि मौकामा स्यामरहरुले सोझा विद्यार्थीलाई ठग्ने जुक्ती निकालेका छन् ।

ठगहरुले फेसबुकमा पेज खोलेर परिक्षा नै नदिई आइइएलटिएसको सक्कली प्रमाणपत्र दिने त्यो पनि चाहिएको स्कोर राखेर भनि विज्ञापन गरिरहेको छ । हामीलाई प्राप्त जानकारी अनुसार फेसबुकमा भन्ने पेज छ । २० लाइक भएको यो पेजले अप्ठ्यारोमा परेका विद्यार्थीलाई २ हजार डलर भन्दा बढी रकम तिरेपछि चाहिएको स्कोर राखेर सक्कली प्रमाणपत्र दिने दाबी गर्छ ।

फसे नेपाली पनि बुझाए २१ सय डलर

फेसबुकमा राखिएको आकर्षक विज्ञापनबाट नेपाली पनि लोभिएका छन् । अग्रेंजी भाषाको परिक्षा दिन नपाएर भिषा नै रोकिने भएपछि अत्तालिएका सिड्नीका एक नेपाली युवतीले यहि फेसबुक पेजमा सम्पर्क गर्दा २१ सय डलर गुमाएकी छिन् । फेसबुक मार्फत सम्पर्क भएपछि वाट्सएपमा कुराकानी गरेर ठगले चाहिएको स्कोर राखेर १३ दिन भित्र आइइएलटिएसको प्रमाणपत्र मेल गरिदिने बाचा गरेको देखिन्छ ।

पीडित युवतीले ठगलाई पठाएको पैसाको बिवरण

प्रमाणपत्र तयार गर्नुअघि ९ सय डलर जम्मा गर्नुपर्ने भन्दै ठगले पैसा मागेको देखिन्छ । पीडित युवतीले अष्ट्रेलियन बैंक खातामा नै पैसा पठाएको देखिन्छ । त्यसको भोली पल्ट ठगले फेरी थप प्रमाणपत्र सुरक्षित रुपमा मेल गर्नका लागि १२ सय डलर लाग्ने भन्दै पैसा मागेपछि पीडितले पुन पैसा पठाएको देखिन्छ ।

ठग र पीडित युवतीबिच भएको वाट्सएप कुराकानी

त्यसपछि भने आफु ठगिएको लागेपछि ती पीडित युवती हाम्रो सम्पर्कमा आएकी हुन् । आफ्नो गल्ती समेत स्विकार्ने सो युवतीले आफु जस्तै अरु नफसुन् भनेर मिडियामा सम्पर्क गरेको बताइन् ।

पत्रकारले सम्पर्क गरे ठगलाई

नेपाली पीडित युवतीले दिएका फेसबुक पेजमार्फत पत्रकार सरल गुरुङले पनि उक्त ठगसंग सम्पर्क गरेर बुझ्दा उस्तै खालको प्रलोभन दिएको भेटिएको छ । नक्कली विद्यार्थी बनेर अंग्रेजी भाषाको प्रमाणपत्र माग्दा उक्त ठगले १५ सय डलर लाग्ने र सुरुमै पैसा दिनुपर्ने बताउछन् । वाट्सएपमा गरिएको उक्त च्याटमा ठगले प्रमाणपत्र विलकुलै सक्कली भएको र प्रहरीले समेत थाहा नपाउने दावी गरेका छन् । आइएलटिएसको डाटावेसमै विवरण राखिने भएकाले प्रमाणपत्र सक्कली नै भएको ठगको दावी छ ।

पत्रकार र ठगबिचको वाट्सएप च्याट

सबै कुरा भएपछि पत्रकार गुरुङले उक्त ठगलाई तिमी ठग हौ, सोझा विद्यार्थीलाई निशाना नबनाउ भन्दै गाली गरेपछि उक्त ठगले वाट्सएपमा पत्रकार गुरुङलाई ब्लक गरेको छ । यस घटनाबारे नेपालट्युबले न्यु साउथ वेल्स प्रहरीलाई समेत जानकारी गराएको छ । अंग्रेजी भाषाको प्रमाणपत्र आधिकारिक निकायबाहेक कसैले पनि बनाउन सक्दैन । कोरोनाका कारण भाषा परिक्षा स्थगित भएपनि अवस्था केही सामान्य हुने बित्तिकै परिक्षा सुचारु हुने भएकाले आत्तिएर त्यस्ता ठगको चंगुल पर्न हुदैन । अष्ट्रेलियामा नक्कली प्रमाणपत्र निमार्ण गर्नु र पेश गर्नु गैर कानुनी छ र हदैसम्मको कारवाही समेत हुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ