Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalप्रतिपक्षको नाराबाजीका बीच बजेट पारित, हट्ला त बजेट होलीडेको समस्या ?

प्रतिपक्षको नाराबाजीका बीच बजेट पारित, हट्ला त बजेट होलीडेको समस्या ?


काठमाडौं । प्रतिपक्षी दल एमालेका सांसदको बिरोधका बीच प्रतिनिधिसभाबाट बजेट प्रतिस्थापन विधेयक पारित भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष नेकपा एमालेका सांसदको नाराबाजीका बीच बजेट पारित भएको हो ।

बजेट पारित गर्ने प्रक्रिया अघि बढिरहँदा एमालेका सांसदहरुले रोष्टम अगाडी उभिएर नाराबाजी गरिरहेका थिए । बिरोधका बीच बजेट पारित भए पनि तत्काल सरकारले राष्ट्रिय ढुकुटीबाट खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रियसभाबाट समेत पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउनुपर्ने संबैधानिक प्रवाधान रहेको छ । दुबै सदनबाट पारित भएको विधेयक सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनुपर्छ ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि मात्र सरकारले संघीय सञ्चित कोषबाट रकम खर्च गर्न पाउँनेछ । संघीय संसदको एउटा सदनबाट बजेट पारित हुँदैम बजेट होलिडेको अवस्था हट्ने देखिदैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ