Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleनिरन्तर बन्दाबन्दी, न्यु साउथ वेल्समा १०२३ र भिक्टोरियामा ६०३ जना कोरोना संक्रमित थपिए

निरन्तर बन्दाबन्दी, न्यु साउथ वेल्समा १०२३ र भिक्टोरियामा ६०३ जना कोरोना संक्रमित थपिए


ब्रिजबेन, अष्ट्रेलिया । न्यु साउथ वेल्स राज्यमा पछिल्लो २४ घण्टामा १ हजार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ६६१ जनाको स्वाब परीक्षण गर्दा १ हजार २३ जना संक्रमित थपिएको स्वास्थ्य विभागले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये १ हजार २२ जना स्थानीय रहेका छन् । न्यु साउथ वेल्समा अहिलेसम्म १ करोड ६० लाख ४० हजार ५८ जनाको पीसीआर परीक्षण गर्दा ५३ हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट १० जनाको मृत्यु भएको न्यु साउथ वेल्समा ३११ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

लामो समयसम्म बन्दाबन्दी जारी रहेको न्यु साउथ वेल्समा कोरोना संक्रमण नियन्त्रण बाहिर पुगेकोप्रति स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरिरहेका छन् । बन्दाबन्दीको समयमा समेत कोरोना संक्रमणको दर उच्च देखिनुमा नागरिकले जनस्वास्थ्यका मापदण्डमा गरेको बेवास्ता, पारिवारिक भेटघाटलाई मुख्य कारक मानिएको छ ।

यता, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ६ सय ३ जना संक्रमित थपिएका छन् । ४८ हजार ८२९ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ३ जना स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको हो । यहाँ पनि बन्दाबन्दी जारी रहँदा कोरोना संक्रमण थप विस्तार हुने महामारि नियन्त्रणका लागि चुनौँती बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ