Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking NewsHICAST कलेज र विश्वविद्यालयको चरम मनोमानी, विद्यार्थीको नतिजा अपुरो (इन्कम्प्लिट)

HICAST कलेज र विश्वविद्यालयको चरम मनोमानी, विद्यार्थीको नतिजा अपुरो (इन्कम्प्लिट)


काठमाडौं । काठमाडौँको किर्तिपुरस्थित हिकाष्ट कलेजले आफ्ना बिद्यार्थीमाथि गम्भिर लापरवाही गरेको भेटिएको छ । तीन सातादेखि कलेज परिसरमा विद्यार्थीहरु दिनहुँ यसरी नै कलेज प्रशासन र पुर्वाञ्चल विश्वविद्यालय बिरुद्ध नारावाजी गर्दै आन्दोलित छन् । कलेज प्रशासन र पुर्वाञ्चल विश्व विद्यालयका पदाधिकारीको लापरवाहीका कारण विद्यार्थीहरु मारमा परेका छन् ।

विश्वविद्यालयको बिएससी एजी सातौँ, भेटेनरीको सातौँ र नवौँ सेमेष्टरमा परिक्षाका क्रममा विद्यार्थीहरुले समयमै उत्तरपुस्तिका सम्बन्धित कलेजमा पठाएका थिए । तर, नतिजा प्रकाशनका क्रममा विश्वविद्यालयको लापरवाहीका कारण केही विषयको नतिजा अपुरो (इन्कम्प्लिट) आएको छ । बिएससी एजीको सातौँ र भेटेनरीको सातौं/नवौं सेमेष्टरका विद्यार्थी २०७७ असोज २० देखि परीक्षामा सहभागी भएका थिए ।पूर्वाञ्चल विश्वविद्यालय एकेडेमिक काउन्सिलको निर्णय अनुसार उत्तरपुस्तिका निर्धारित समय २ बजेसम्म सम्बन्धित कलेजमा पठाइसक्नुपर्ने थियो । बिहान ९ बजेदेखि लिएको परीक्षा २ बजेभित्र सबमिट गरिसक्नुपर्ने ब्यवस्था गरिएको थियो । तर, विद्यार्थीहरुले १२ बजेर ३८ मिनेटमा सबमिट गर्दा समेत नतिजा अपूरो आएको पाइएको छन् ।

अधिकांश विद्यार्थीहरुले दिउँसो एक बजेदेखि २ बजेभित्र कलेजलाई उत्तरपुस्तिका उपलब्ध गराइसकेका थिए । तोकीएकै समयमा उतरपुस्तीका कलेजलाई बुझाएका विद्यार्थी परिक्षाफल आउनेमा ढुक्क थिए । तर नतिजा प्रकाशनका क्रममा आई भनेर प्रकाशित भयो । नतिजा प्रकाशन लगतै आश्चर्यचकित परेका विद्यार्थीहरुले विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथी खेलवाड गरेको भन्दै तत्काल नतिजा सच्चाउन माग गर्दै कलेज प्रशासनमा पुगे । तर विद्यार्थीको गुनासोमा कलेज गम्भिर देखिएन । उल्टै भेट्न समेत नचाहाने प्रशासनका कारण आजित भएको विद्यार्थी तालाबन्दीसहित बिरोध प्रदर्शनमा उत्रिनुपर्ने बाध्यतामा पुगेका छन् ।

काठमाडौँस्थित हिकाष्ट कलेज, मोरङस्थित जीपिसीएआर कलेज र चितवनस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युटबाट परीक्षा दिएका विद्यार्थीहरुले निर्धारित समययभित्र उत्तरपुस्तिका पठाउँदा पनि नतिजा ‘इन्कम्प्लीट’ देखिएको हो । कोरोना संक्रमणलाई मध्यनजर गर्दै पूर्वाञ्चल विश्वविद्यालयले ‘टाइम बाउण्ड होम इक्जाम’ लिएको थियो । जसको नतिजा विश्वविद्यालयले भदौ ९ गते प्रकाशित गरेको थियो । आन्दोलित विद्यार्थीले नतिजामा भएको त्रुटि सच्चाउन माग राख्दै कलेज प्रशासनसँग आग्रह गर्दा कलेज प्रशासनको मौनताले विद्यार्थीहरु थप चिन्तीत भएका छन् ।

कलेजका अध्यक्ष विनायक राज भण्डारी र प्रिन्सपिल कृष्ण श्रेष्ठसँग बारम्बार आफनो समस्या बारे जानकारी गराउदा समेत चासो नदेखाएको बिद्यार्थीको गुनासो छ । हिकाष्ट कलेज प्रशासनले बिद्यार्थीको गुनासो नै सुन्न आनाकानी गरिरहेको छ । दैनिक कलेजमा आउने र नारावाजी गर्ने बाहेक उनीहरुसँग अर्को बिकल्प छैन । तर, प्रशासन भने प्रहरी लगाएर दमन गरिरहेको छ । विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहदा समेत कलेज प्रशासनको मौनताबारे बुझन हामीले कलेजका अध्यक्ष विनायक राज भण्डारी र प्रिन्सीपल कृष्ण श्रेष्ठ हाम्रो सम्पर्कमा आउन नै चाहेनन । यसले पनि कलेज प्रशासन विद्यार्थीसँगै शूल्क असुलेर कमाउन बाहेक विद्यार्थीहरुको भविश्यप्रति चिन्तित छैन भन्ने प्रष्ट पारेको छ ।

पुर्बाञ्चल विश्वविद्यालयले समेत विद्यार्थीको समस्याबारे कुनै निर्णय गरेको छैन् । लाखौ पैसा खर्च गरेर अध्ययन गरिरहेका विद्यार्थीहरु अन्तिम सेमेष्टरमा आएर पुर्वाञ्चल विश्वविद्यालय र कलेज प्रशासनले आफूहरुलाई सास्ती दिएको र भविष्यमाथि खेलवाड गरिरहेको बताएका छन् । वर्षर्नी लाखौ रुपैयाँ असुल्ने कलेज प्रशासक कहाँ लुकेको छ पत्तै छैन् । विद्यार्थीको समस्या समाधानमा कलेज मात्रै होइन पुर्वाञ्चल विश्वविद्यालय गम्भिर भएर सोचोस । विद्यार्थीको भबिष्यमाथि खेलवाड नगरोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ