Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाका नेपाली विद्यार्थीलाई एनआरएनएले के गर्नुपर्छ ? तपाइको मत दिनुहोस्

अष्ट्रेलियाका नेपाली विद्यार्थीलाई एनआरएनएले के गर्नुपर्छ ? तपाइको मत दिनुहोस्


सिड्नी

अष्ट्रेलियामा पढिरहेका नेपाली विद्यार्थीको समस्याप्रति गम्भिर नभएको आरोप लागेपछि गैर अवासिय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) ले मत सर्वेक्षण सुरु गरेको छ ।
केही साताअघि सामाजिक सञ्जालमा नेपाली विद्यार्थीले एनआरएनए विरुद्ध चर्को आलोचना गरेका थिए ।
लगत्तै सहयोगका लागि थप कार्यक्रम ल्याउन  मत सर्वेक्षण सुरु गरेको हो ।
एनआरएनएले जारी गरेको विज्ञप्तीमा भनिएको छ – “गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले यहाँ पढिरहेका नेपाली विद्यार्थीको हक हित र क्षमता विकासका लागि के कस्ता कार्यक्रम तथा नीति बनाउनु पर्छ भनेर मत सर्वेक्षण गर्न लागिएको हो”

जनवरी १९ देखि फेब्रवरी १ सम्म जारी रहने सर्वेक्षणका क्रममा अनलाईनबाट आफ्नो मत राख्न सकिने छ । जसका लागि तपाइले यो लिंकमा क्लिक गर्नुपर्ने छ । https://conta.cc/2FJ3nIn

बढ्दो नेपाली विद्यार्थीको संख्या संगै उनीहरुमाझ देखिने समस्या पनि बढिरहेको छ । यस्ता समस्यासंग जुध्नका लागि एनआरएनएले सबैलाई आफ्नो मत दिनका लागि अनुरोध गरेको छ ।
विद्यार्थी र सरोकारवाला निकाय र व्यक्तिहरुको राय सुझावका आधारमा छिट्टै विभिन्न कार्यक्रमहरु तय गरिने संघका प्रवक्ता डिला खरेलले बताउनुभयाे ।
नेपाल सरकारको नियम अनुसार अष्ट्रेलिया पढ्न आएका विद्यार्थी गैर आवासिय संघका सदस्य हुन पाउदैनन् । तर पनि विद्यार्थीको बढ्दो समस्यालाई निराकरण गर्न एनआरएनए अष्ट्रेलियाले भने आफ्नो विद्यँन संशोधन गरि विद्यार्थीहरुलाई समेत नन भोटिङ र एशोसिएट सदस्य बनाउन थालेको छ ।

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले समस्यामा परेका विद्यार्थीहरुका लागि पछिल्लो ७ वर्षमा एक लाख २० हजार डलर खर्च गरेको देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ