Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिम्रिकले जित्यो एक्सपर्ट जिएफसी कप

सिम्रिकले जित्यो एक्सपर्ट जिएफसी कप


ब्रिजेवन/एक्सपर्ट जिएफसि फुटवल कपको उपाधी सिम्रिक फुटवल क्लबले जितेको छ । ब्रिजवेनमा गत आइतबार भएको कपमा फरयभर योङ फुटवल क्लबलाई २ शुन्यको अन्तरले हराउदै सिम्रिक विजयी भएको हो । खेल सुरु भएको १० मिनेटमै सुनिल पराजुलीले सिम्रिकका लागि पहिलो गोल गरेका थिए । २२ औं मिनेटमा किरोज बाबु जोशीले दोस्रो गोल गरेपछि सिम्रिकको विजय निश्चित भएको हो । विजयी टिमले ३ हजार डलर र शिल्ड प्रँप्त गरेको छ । त्यस्तै रनर अप टिम फरयभरले १ हजार डलर र शिल्ड पुरस्कार पाएको छ ।

त्यस्तै फेयर प्ले अवार्ड टिम भुटानले पाएको छ । प्लेयर अफ द टुर्नामेन्टको उपाधी फरयेवरका रोशन न्यौपानेले उचाल्दा उत्कृष्ट गोल किपर भने सिम्रिकका शैलेन्द्र बस्नेतले बने । त्यस्तै टप स्कोरर गोर्खा फुटवल क्लबका वाङ्गेल लामा बने भने म्यान अफ द फाईनल म्याचको उपाधी भने सिम्रिकका नरेन्द्र रावलको पोल्टामा पर्यो ।

गोर्खा फुटवल क्बलले आयोजना गर्न लागेको कपमा कुइसन्ल्याण्डका ११ वटा नेपाली र एउटा भुटानी गरि १२ टिमले प्रतिष्प्रर्धा गरेको थियो ।

३ वटा टिमको दरले क्लबहरुलाई ४ समुहमा विभाजन गरेर खेलको आयोजना भएको थियो । पहिलो चरणबाट ८ टिम छनोट भई क्वार्टर फाइनल, नक आउट र सेमी फाइनल हुदै फाइनलमा दुइ टिमले प्रतिष्प्रर्धा गरेको हो । खेल एकै दिनमा सकिएको थियो ।

सन् २०१८ देखि गोर्खा एफसिले हरेक वर्षजसो कपको आयोजना गर्दै आएको छ । यस कपले कुइन्सल्याण्डमा भएका खेलाडी र टिमलाई क्षमता अभिवृद्धी गर्ने मौका दिने तथा एक आपसमा भाइचार बढाउन समेत सहयोग गर्ने गोर्खा एफसिले जनाएको छ । कपको मुख्य प्रयोजकमा एक्सपर्ट एजुकेशन रहेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ