अष्ट्रेलियामा ६ रेक्टर स्केलको भूकम्प, मेलवर्नमा घरहरु भत्किए ।
मेलवर्न, अष्ट्रेलियाको भिक्टोरिया राज्यमा भुकम्प गएको छ । राज्यको म्यान्सफिल्ड केन्द्र बिन्दु पारेर आज बिहान सवा ९ बजेतिर ६ रेक्टर स्केलको भुकम्प गएको हो । मेलवर्नबाट १९० किमी टाढा केन्द्रबिन्दु पारेर गएको भुकम्पले मेलवर्न लगायत आसपासका क्षेत्रहरु न्यु साउथ वेल्स, एडिलेड र क्यानवेरासम्म पनि धक्का महशुस गरिएको स्थानिय संचारमाध्यमहरुले जनाएको छ । भुकम्पबाट मेलवर्नमा केही भवन समेत भत्किएको खबर प्राप्त भएको छ । अष्ट्रेलिया जियो साईन्सका अनुसार भुकम्पको केन्द्र बिन्दु सतहबाट १० किलोमिटर भित्र मात्र रहेको थियो ।
मेलवर्नमा बस्ने पत्रकार चिरिञ्जिवी देवकोटाले ३० सेकेण्डसम्म हल्लाएको भुकम्पको निकै ठुलो धक्का महशुस गरेको बताउनुभयो । ‘म घरभित्रै थिए’-देवकोटाले भन्नुभयो-‘१० सेकेण्डसम्म केही हुदैन होला भनेर भित्रै बसे तर, धक्का बढ्दै गएपछि काखे छोरी च्यापेर बाहिर निस्कदै गर्दा भुकम्प रोकियो’ ।
तपाईको प्रतिक्रिया