Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामै बन्यो नेपाली चलचित्र, गोलकोष्टको इभेन्ट सिनेमा हलमा प्रदर्शन हुदै

अष्ट्रेलियामै बन्यो नेपाली चलचित्र, गोलकोष्टको इभेन्ट सिनेमा हलमा प्रदर्शन हुदै


ब्रिजवेन/नेपालीहरुको जनसंख्या बढेसंगै अष्ट्रेलियामा नेपाली कलाले पनि फस्टाउने मौका पाएको छ । नेपाली गितको म्युजिक भिडियो, नेपालमा बनेको चलचित्र देखाउने तथा चलचित्रको सानो अंश अष्ट्रेलियामा खिच्ने क्रम पछिल्लो समय बढेको छ । विदेशमा बसेपनि नेपाली कला संस्कृतिलाई माया मार्न नसक्दा अष्ट्रेलियामा नेपाली गित संगित र सिनेमाले महत्वपुर्ण स्थान पाउदै आएको छ ।

अब भने अष्ट्रेलियामै नेपाल चलचित्र पनि बनेको छ । कुइन्सल्याण्ड राज्यमा बसोबास गर्दै आएका उत्साही युवाहरुको समुह मिलेर ४५ मिनेटको लघु चलिचित्र बनाएका हुन् । रक्की नामको सो चलचित्रलाई मिलन मिश्र र मञ्जिल केसीले संयुक्त रुपमा निर्देशन गर्नुभएको हो । एक्सन र प्रेमकथामा आधारित चलचित्रको मुख्य भूमिकामा मिलन मिश्र र मेलिशा खतिवडा देखिएका छन् । ब्रिजवेन, सनसाइनकोष्ट, गोलकोष्ट आसपासमा खिचिएको चलचित्रको प्रोड्युसर हुन् अमुडा विष्ट ।

नेपाली कलाकारितालाई विदेशमा पनि निरन्तरता दिइरहनु भएका कलाकार तथा निर्देशक मिलन मिश्रले यस चलचित्रलाई नेपालीले मन परादिनेमा आशावादी रहेको बताउनुभयो । तत्काललाई दशैको घटस्थापनाका दिन अक्टोबर ७ तारिखमा गोलकोष्टको साउथपोर्टस्थित इभेन्ट सिनेमा चलचित्र देखाउने मिति तय भएको समेत मिश्रले जानकारी दिनुभयो । चलचित्र हेर्न ५ डलर टिकट मुल्य तोकिएको छ । गोलकोष्ट र व्रिजवेन आसपास रहेका नेपालीले चलचित्र हेरेर सहयोग गरिदिन समेत मिश्रले आग्रह गर्नुभएको छ । ‘निकै मेहनत गरेर बनाएकाले नेपालीको माया पाउने आशा गरेका छौ’- मिश्रले भन्नुभयो ।

नेपाली चलचित्र रक्कीको ट्रेलर यस्तो छ । 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ