Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia‘महिनाको १ डलर नेपालका लागि’ अभियानको अष्ट्रेलिया संयोजकमा केशव, तपाई पनि १ डलर दिने की !

‘महिनाको १ डलर नेपालका लागि’ अभियानको अष्ट्रेलिया संयोजकमा केशव, तपाई पनि १ डलर दिने की !


ब्रिजवेन
हेल्प नेपाल नेटवर्कको अष्ट्रेलिया अध्यक्षमा ब्रिजवेनका केशव बानियाँ सर्वसम्मतले चयन हुनुभएको छ । नेटवर्कको आइतबार जुम मिटिङ मार्फत बसेको अधिवेशनले बानियाँ लगायत टिम चयन गरेको हो । सचिवमा सिड्नीका अकाउण्टेण्ट डिला खरेल, कोषाध्यक्षमा तारा श्रेष्ठ पनि चयन हुनु भएको छ । हेल्प नेपाल नेटवर्कको अष्ट्रेलिया शाखा सन् २००३ मा गठन भएको हो । हरेक राज्यमा एक जना राज्य संयोजक रहने व्यवस्था छ । हाल तास्मानियामा पुनम पन्त, कुइन्सल्याण्डमा राजन कोइराला र इश्वर कुइकेल, भिक्टोरियामा जोग लिम्बु पनि नेटवर्कमा सक्रिय हुनुहुन्छ ।

हेल्प नेपाल नेटवर्क अष्ट्रेलिया शाखाको अधिवेशनको जुम मिटिङ

नेपालट्युबसंग कुरा गर्दै नवनियुक्त अध्यक्ष बानियाँले अबको दुइ वर्ष कार्यकालमा सदस्यता संख्या २ हजार पुर्याउने लक्ष्य राखिएको बताउनुभयो । कुनै दातासंग एकमुष्ठ सहयोग उठाएर भन्दा बढी धेरै सदस्य बनाएर महिनाको एक एक डलर संकलन गरेर सहयोग जुटाउने आफ्नो तयारी रहेको बानियाँको भनाई छ । पेशाले रजिष्ट्रर्ड नर्स बानियाँ हाल ब्रिजवेनको रोयल ब्रिजवेन ओमन अस्पतालमा कार्यरत हुनुहुन्छ । बानियाँ नेपलिज एशोसियसन अफ कुइन्सल्याण्ड एनएक्युको समेत कार्यक्रम संयोजक हुनुहुन्छ ।

नेपालबाट संचालित नेटवर्कले विश्वभरी छरिएर रहेका नेपालीलाई नेपालमा सहयोग गर्न अभिप्रेरित गर्दै आइरहेको छ । खासगरी नेटवर्कले महिनाको एक डलर नेपालका लागि अर्थात वान डलर अ मन्थ फण्ड फर नेपाल भन्ने अभियान संचालन गर्दै आएको छ । स्वयमसेवकहरुबाट संचालित यस नेटवर्कले नेपालको दुर्गम भेगको स्वास्थ्य, शिक्षा र प्रकोपका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । यस वर्षमात्रै नेटवर्कले यी क्षेत्रमा १ करोड ८५ लाख भन्दा बढीको सहयोग गरेको छ । नेटवर्कको वेवसाइटमा उपलब्ध जानकारी अनुसार यस संस्थाको उदेश्य भनेको हरेक व्यक्तिलाई सानो भएपनि समाजका लागि सहयोग गर्न अभिप्रेरित गर्ने र व्यवहारिक समाजसेवालाई प्रोत्साहन गर्ने हो । सन् १९९९ मा नेपाल र वेलायतमा एकै पटक स्थापना भएको नेटवर्क अहिले विस्तार भएर विश्वका १५ देशमा फैलिएको छ । हेल्प नेपाल नेटवर्कको अष्ट्रेलिया लगायत, अमेरिका, क्यानाडा, डेनमार्क, न्युजिल्याण्ड, कतार, रसिया, साउथ कोरिया, दुबाई र अष्ट्रिया जस्ता देशमा पनि संजाल फैलिएको छ ।

यदि तपाई पनि हेल्प नेपालमार्फत नेपालको दुर्गम भेगमा सहयोग गर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोस तपाई पनि १ डलर दिने की !



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ