Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीमा ५ अाैं एक दिवसिय फुटवल कप | विजेताले पाउनेछन् ४ हजार डलर

सिड्नीमा ५ अाैं एक दिवसिय फुटवल कप | विजेताले पाउनेछन् ४ हजार डलर


सिड्नी

जनवरी २० तारिखमा सिड्नीमा एक दिवसिय फुटवल कप आयाेजना हुदैछ   

तामाङ्ग रिक्रियसनल क्लबले आयाेजना गरेकाे कपमा एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेसले साथ दिएकाे छ । 

अर्वनकाे खेल मैदानमा आयाेजना हुने खेलमा सिड्नीका २३ र क्यानवेराका १ गरि २४ टिमले भाग लिने आयाेजकले जनाएकाे छ । 

खेल बारे जानकारी दिन आयाेजना गरिएकाे कार्यक्रममा खेलकुद संयाेजक ज्ञानक वाईवाले ६/६ टिमकाे चारवटा समुह बनाई लिग खेलाईने जानकारी दिनुभयाे । 

समुह चरणका विजता र उपविजता टिम सिधै नक आउट चरणमा प्रवेश गर्नेछन् ।

लिग विजेता टिमले ४ हजार, उपविजेता टिमले १ हजार डलरकाे साथै ट्रफि र प्रमाणपत्र पाउनेछन् । याे पुरस्कार रकम अष्ट्रेलियकाे नेपाली समुदायमा हुने एक दिवसिय फुटवलमा दिईने सबैभन्दा धेरै भएकाे संयाेजक वाईबाकाे दावी छ । 

खेलले नेपाली समाजलाई जाेड्न र स्वस्थ राख्न सघाउने हुनाले याे कपलाई सफल बनाउन सबैकाे साथ चाहिने तामाङ रिक्रियसनल क्लबका अध्यक्ष ललित तामाङले बताउनुभयाे । 

कार्यक्रममा एक्सपर्टका कार्यकारी अधिकृत संजिव शर्माले खेलकुदमा आफुहरुकाे सधै सहयाेग रहने बताउनुभयाे । 

अष्ट्रेलियामा नेपाली समाज बढेसंगै फुटवल प्रतियाेगता पनि बढ्न थालेकाे छ । काम, पढाई र घरगृहस्थीकाे तनावबाट मुक्त भई उर्जाशिल जिवन जिउन अष्ट्रेलियामा फुटवल खेल सहयाेगी बनेकाे छ । यहाँकाे नेपाली समुदायमा वर्षेनी कम्तिमा ३ वटा फुटवल लिगकाे आयाेजना हुदै आएकाे छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ