एनआरएनए अष्ट्रेलियाको अधिवेशन अक्टोबर २ मा, अध्यागमन मन्त्री हक मुख्य अतिथी
ब्रिजवेन/ गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको अधिवेशन अक्टोबर २ तारिखमा हुने भएको छ । यसअघि सेप्टेम्बर १८ का लागि तय भएको अधिवेशन आइसिसि प्रतिनिधी विवादका कारण स्थगित भएको थियो । अष्ट्रेलिया लगायत केही देशमा अन्तराष्ट्रिय समन्वय परिषदका प्रतिनिधी छनोट प्रकृया विवादमा परेपछि नेपालको परराष्ट्रय मन्त्रालयले अर्को निर्णय नहुञ्जेल निर्वाचन सम्बन्धी गतिविधी नगर्न निर्देशन दिएको छ । उक्त निर्देशनसंगै एनआरएनए अष्ट्रेलियाको अधिवेशन समेत प्रभावित हुदा जुलाई ३१ मा निर्वाचित नयाँ कार्यसमितिले कार्यभार ग्रहण गर्न समेत पाएको छैन । यद्धपी उनीहरुले सपथ भने लिइसकेका छन् । अधिवेशन जुम बैठकबाट हुने तय भएको हो ।
पराराष्ट्रको निर्णय कुर्दा ढिला हुने भएकाले निर्वाचन सम्बन्धी गतिविधी बाहेक अन्य विषय समेटेर अधिवेशन गर्न लागिएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कडेलले जानकारी दिनुभयो । अधिवेशनमा नयाँ टिमलाई कार्यभार सुम्पिने, अवार्ड बाड्ने, तथा एनआरएनए अष्ट्रेलिया फाउण्डेसन र पोलिसी इन्टिच्युटको उद्घाटन कार्यक्रम रहेको कडेलले बताउनुभयो ।
अध्यागमन मन्त्री एलेक्स प्रमुख अतिथी
अक्टोबर २ मा हुने अधिवेशनमा मुख्य अतिथीका रुपमा अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हक आउने तय भएको छ । त्यस्तै लेवर पार्टीका संघिय सांसद र राज्यका मन्त्री नटाली हचिन्स पनि अतिथीका रुपमा आउदै हुनुहुन्छ । त्यस्तै अधिवेशनमा समाजमा योगदान पु¥याएका व्यक्तिहरुलाई विभिन्न विधामा अवार्ड समेत बाडिने भएको छ । एनआरएनए अष्ट्रेलियाले मेलवर्नका इन्जिनियर सुनिल भण्डारीको संयोजनमा अवार्ड कमिटी समेत गठन गरेको छ । समाजका सदस्यहरुबाट परेको सिफारिसका आधारमा कमिटिले निष्पक्ष भएर अवार्ड दिने बताइएको छ ।
Photo- Alex Hawke
तपाईको प्रतिक्रिया