Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा किराँत नयाँ वर्ष । तक्मे बुढाकाे साथमा

अष्ट्रेलियामा किराँत नयाँ वर्ष । तक्मे बुढाकाे साथमा


सिड्नी 

प्रकृति पुजक किराँत समुदायले आगामी फेव्रेवरी ९ तारिखमा अष्ट्रेलियाकाे सिड्नीमा नयाँ वर्ष (यलेदाेङ्) मनाउने भएकाे छ । 

हर्जविलकाे मराना अडिटेरिम हलमा हुने नयाँ वर्षकाे कार्यक्रममा सहभागी हुन प्रसिद्ध हास्य कलाकार विलसन विक्रम राई (तक्मे बुढा) पनि अष्ट्रेलिया आउने तय भएकाे छ । राईले मञ्चमा हास्य व्यंग्यकाे अलावा नृत्य समेत गर्ने आयाेजक किराँत खम्बु राई साेसाईटी अष्ट्रेलियाले जनाएकाे छ । 

त्यस्तै गायक जितेन लेप्चाले समेत सांस्कृतिक प्रस्तुती दिनेछन् । 

कार्यक्रममा सिड्नीका स्थानिय कलाकारकाे समेत प्रस्तुती रहने छ । 

किराँत जातिकाे परिकार र भेषभुषाले नयाँ वर्षकाे कार्यक्रम भव्य हुने आयाेजककाे दावी छ । 

किरात समुदायकाे ऐतिहासिक राजा र सिंगाे किराँत समुदायकाे संस्कृति जाेगाई राख्न याे पर्व अष्ट्रेलियामा पनि मनाउन थालेकाे साेसाईटीका महासचिव राम सिप्तुङ्खाले बताउनुभयाे । 

किराँत समुदायले आफ्नाे ऐतिहासिक प्रथम किराँत  राजा यलम्बर हाङकाे स्मृतिमा माघ १ गतेलाई नयाँ वर्षकाे रुपमा मनाउदै आएका छन्   

तीनै राजाकाे सम्मानस्वरुप किराँत समुदायले यले संवतसमेत प्रचलन ल्याएका छन । हाल यले संवतकाे ५०७९ साल चलिरहेकाे छ । 

खासगरी ६२/६३ पछि किराँत युवाहरुले यस संवतलाई निकै चासाे र महत्वका साथ मनाउदै आएका छन् ।

प्रथम किरात राजा यलम्बर हाङको स्मृतिमा किरात येले शुभकामना आदानप्रदान गर्ने गरिन्छ । माघ महिनाको पहिलो दिन गाउँघरमा नदीको दोभानमा गएर जात्रा भर्ने चलन छ । घर तरुल, बन तरुल, सिम्बल तरुल, सुठुनीजस्ता कन्दमुल खाएर याे पर्व मान्ने गरिन्छ ।

किराँत समुदायभित्र राई, लिम्बु, याक्खा, सुनुवार, हायु, सुरेल, जिरेललगायत पर्दछन् । किरात राई समुदायमा २८ वटा जति भाषा छन् । किरात येले संवत्लाई येले तङ्बे, येले दोङ, येले थोचे आदि भनेर मनाउने गर्दछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ