डार्बिनमा दशैं विशेष कार्यक्रम । म:म र दोस्रो पुस्ता मुख्य आकषर्ण
डार्बिन/अष्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको डार्बिनमा दशैं विशेष कार्यक्रम गरिने भएको छ । नेपलिज एशोसियसन अफ नर्दन टेरिटोरी र गैर आवासिय नेपाली संघले संयुक्त रुपमा कार्यक्रम गर्न लागेको हो । एशोसियसनले विगत १३ वर्षदेखि हरेक दशैका विशेष कार्यक्रम गर्दै आएको छ । अक्टोबर २ तारिखमा आयोजना हुन लागेको कार्यक्रममा प्रवेश निशुल्क गरिएको गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरीका संयोजक विष्णु चापागाईले जानकारी दिनुभयो । चापागाइका अनुसार यसपाली ५ सय जना भन्दा बढीको सहभागिता हुने विश्वास गरिएको छ । कार्यक्रम मररास्थित फिलिपिनो सामुदायिक केन्द्रको हलमा हुन लागेको हो ।
कार्यक्रममा नेपाली नृत्य र संगित प्रस्तुत गरिनेछ । त्यस्तै नेपाली खाना पनि स्टल रहनेछ । कार्यक्रममा यसपाली म:मको विशेष पर्व पनि लाग्ने बताइएको छ । दोस्रो पुस्तालाई नेपाली संस्कृति चिनाउन र संस्कृतिको निरन्तरताका लागि नर्दन टेरिटोरीमा हरेक वर्ष दशैको कार्यक्रम गरिदै आइएको हो । यसपाली दोस्रो पुस्ताका कम्तिमा १५ जना केटाकेटीहरुलाई कार्यक्रम परिसरमा स्वयमसेवीको रुपमा समेत खटाइने भएको छ । ठुलो चाड सबैसंग मिलेर मनाउन पाइयोस तथा अन्य समुदायका मानिसलाई पनि नेपाली चाडवाडको बारेमा थाहा होस् भनेर दशै मनाउदै आएको एशोसियसनका अध्यक्ष युवराज पन्तले बताउनुभयो । कोभिडका कारणले नेपाल जान नपाएका नेपालीहरुलाई यो कार्यक्रम आफन्त भेटेर दशै मनाउने अवसर पनि हो पन्तको भनाई छ ।
File Photo from last year Dashain in NT.
तपाईको प्रतिक्रिया