Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसाउथ अष्ट्रेलियामा अब विदेशबाट पनि पिआरको आवेदन हाल्न मिल्ने सुविधा सुचारु । यस्ता छन् नियमहरु

साउथ अष्ट्रेलियामा अब विदेशबाट पनि पिआरको आवेदन हाल्न मिल्ने सुविधा सुचारु । यस्ता छन् नियमहरु


एडिलेड/कोभिड लकडाउनका कारण १८ महिनादेखि विदेशबाट अष्ट्रेलियामा पिआरको आवेदन हाल्न मिल्ने सुविधा बन्द छ । अफसोर भनिने यस्तो सुविधामार्फत योग्यता पुगेका व्यक्तिले विदेशबाटै सबै प्रकृया पुरा गरेर अष्ट्रेलियाको स्थाई बसोबासको अनुमति अर्थात पिआर लिन सक्थे । तर, अब भने अष्ट्रेलियाको साउथ अष्ट्रेलिया राज्यले यहि सेप्टेम्बर २८ तारिखदेखि विभिन्न पेशामा आवद्ध व्यक्तिले बाहिर अर्थात अफसोरबाट समेत पिआरका लागि आवेदन हाल्न सक्ने सुविधा सुचारु गरेको हो ।

कोरोना महामारीसंग लड्ने योजनालाई थप परिस्कृत गर्नका लागि यसअघि तोकिएकामा ७० वटा पेशा थप गरि आवेदन खुल्ला गरिएको हो साउथ अष्ट्रेलियाले जनाएको छ । साउथ अष्ट्रेलियाले पिआर दिने पेशाहरु हेर्नका लागि यो लिंक थिच्नुहोस् । साउथ अष्ट्रेलिया सरकारले जारी गरेको प्रेस विज्ञप्ती अनुसार अफसोरबाट पिआर आवेदन दिनका लागि आवेदकसंग तोकिएको पेशा वा सो पेशासंग निकट रहेको काम गर्ने व्यक्तिसंग कम्तिमा पनि ८ वर्ष काम गरेको हुनुपर्ने प्रँवधान राखिएको छ । त्यस्तै आवेदकसंग अग्रेजी भाषामा कम्तिमा ७ इचब्याण्ड स्कोर हुनुपर्नेछ ।

आवेदकले यी मापदण्डबाहेक गृह मामिला विभागले तोकेका मापदण्ड समेत पुरा गर्नुपर्नेछ । दुबै मापदण्ड पुगेका आवेदकले सेप्टेम्बर २८ पछि पिआरका लागि इच्छुक रहेको जानकारी गराउन रजिष्ट्रेसन अफ इन्ट्रेष्ट दर्ता गर्न सक्नेछन् । जुन साउथ अष्ट्रेलियन सरकारको वेवसाइटमा गएर गर्न सकिन्छ । मपदण्ड पुगेपनि सबै आवेदकले पिआरका लागि आमन्त्रण अर्थात इन्भिटेसन पाउने ग्यारेन्टी नभएको साउथ अष्ट्रेलियन सरकारले जनाएको छ । कोभिड पछि साउथ अष्ट्रेलियाले अफसोरका लागि पनि आवेदन खुल्ला गर्नु सकारात्मक भएको जानकारहरु बताउछन् । लक डाउनका कारण अष्ट्रेलियाका विभिन्न क्षेत्रमा कामदार अभाव छ । त्यहि अभाव पुर्ति गर्न राज्यहरु जतिसक्दो चाडो विदेशी कामदार भित्र्याउन चाहान्छ त्यसैले साउथ अष्ट्रेलियाले लिएको कदम स्वागत योग्य रहेको ब्रिजवेनका रजिष्ट्रर्ड माईग्रेसन एजेण्ट नारायण कोईरालाले बताउनुभयो ।  photo – City of Adelaide



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ