आज ३ बजेभित्र जनगणना नभरे, दैनिक २ सय २० डलर जरिवाना । यसरी भर्नुस् जनगणना
ब्रिजवेन/५ वर्षमा एक पटक हुने राष्ट्रिय गणनाको आज अन्तिम दिन हो । अष्ट्रेलियन तथ्याकं ब्युरोले आज अक्टोबर १ तारिख शुक्रबार अप्रान्ह ३ बजेसम्म (सिड्नी समय) जनगणना भर्न सकिने जनाएको छ । तपाइले अहिलेसम्म भर्नु भएको छैन भने Australian Bureau of Statistics (abs.gov.au) मा गएर आफ्नो विवरण भर्न सक्नुहुन्छ । सेन्सस एण्ड स्टाटिस्टिक ऐन १९०५ अनुसार अष्ट्रेलियाको जनगणना अनिवार्य गरिएको छ । अर्थात अष्ट्रेलियाभित्र बस्ने हरेक व्यक्तिले जनगणना भर्नुपर्छ ।
अगष्ट १०, २०२१ को रातलाई आधार मानेर अष्ट्रेलियामा जनगणनाको मापन गरिन्छ । जनगणनामा सहभागी नभएमा कानुन बमोजिम जरिवानाको व्यवस्था समेत गरिएको छ । ब्युरोका अनुसार अन्मित मितिसम्म पनि जनगणना नभर्ने व्यक्तिलाई दैनिक २ सय २० डलरको दरमा जरिवाना गरिनेछ । अष्ट्रेलियामा पढिरहेका विद्यार्थी र अन्य भिषामा भएकाले पनि जनगणना भर्नुपर्छ ।
त्यसैले तपाइले अहिलेसम्म पनि जनगणना भर्नु भएको छैन भने यो लिंकमा गएर अहिले नै भर्नुहोस् ।
तपाईको प्रतिक्रिया