Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभ्रष्टाचारको छानबिन हुने भएपछि न्यु साउथ वेल्सकी प्रिमियरद्वारा राजिनामा ।

भ्रष्टाचारको छानबिन हुने भएपछि न्यु साउथ वेल्सकी प्रिमियरद्वारा राजिनामा ।


सिड्नी, न्यु साउथ वेल्सकी मुख्यमन्त्री प्रिमियर ग्ल्याडिस बेरेजेक्लियनले पदबाट राजिनामा दिनुभएको छ । ग्ल्याडिसले न्यु साउथ वेल्सको सांसद पदबाट समेत राजिनामा दिनुभएको हो । उनको पार्टी लिवरलले राज्यको पार्टी नेता छनोट गर्ने बित्तिकै ग्ल्याडिसको राजिनाम कार्यन्वयन हुनेछ । न्यु साउथ वेल्सको भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग आइसिएसिले सन् २०१२ देखि १८ सम्म वितरण भएको केही सरकारी अनुदानमा गडबडी भएको भन्दै प्रिमियरलाई पनि छानविनको दायरामा ल्याएपछि ग्ल्याडिसको राजिनामा आएको हो । आज मध्यान्ह संक्षिप्त पत्रकार सम्मेलन गर्दै ग्ल्याडिसले आफुले पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको हो ।

आइसिएसिले अर्को महिना मुख्यमन्त्रीमाथी लागेको आरोपको सार्वजनिक सुनुवाई गर्ने तय भएको छ । यसअघि राज्यको वागावागाका सांसद डेली म्यागोइरमाथी सरकारी अनुदानमा गडबडी गरेको आरोप लागेको थियो । सांसद म्यागोइर र प्रिमियर ग्ल्याडिसबिच गोप्य प्रेम सम्बन्ध भेटिएको थियो । भ्रष्टाचारको आरोप लागेका राज्यका सांसद र मुख्यमन्त्रीबिच प्रेम सम्बन्ध देखिएपछि ग्ल्याडिस पनि शंकाको घेरामा तानिदै आएको थियो ।
तर, मुख्यमन्त्री ग्ल्याडिसले यसअघि पनि बारम्बार सार्वजनिक रुपमै आफ्नो निजि प्रेम सम्बन्धले आफ्नो व्यवसायिक जिम्मेवारी माथी आचा आउन नदिएको जिकिर गर्दै आउनु भएको छ । राजिनामा घोषणाको पत्रकार सम्मेलनमा समेत ग्ल्याडिसले प्रिमियरको रुपमा आफुले न्यु साउथ वेल्सको जनताको भरोसा कहिलै पनि नतोडेको बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ