Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपरीक्षणकै क्रममा कोरोना भाइरसविरुद्धको खाने औषधिले प्रभावकारी नतिजा

परीक्षणकै क्रममा कोरोना भाइरसविरुद्धको खाने औषधिले प्रभावकारी नतिजा


काठमाडौं । परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धको खाने औषधिले प्रभावकारी काम गरेको अमेरिकी औषधि उत्पादक कम्पनीले जानकारी दिएको छ । अमेरिकामा अन्तिम परीक्षणमा रहेको ‘मोल्नापिराविर’ औषधिले गम्भीर बिरामी र ज्यान जानसक्ने अवस्थालाई रोक्न सकिने नतिजा आएको हो ।

यो ट्याब्लेट दिनको दुई पटक कोरोना सङ्क्रमित बिरामीलाई दिइएकोमा नतिजा सकारात्मक आएको बताइएको छ । अबको दुई हप्ताभित्रै अमेरिकामा यो औषधिको आकस्मिक प्रयोगका लागि स्वीकृति माग्दै निवेदन दिने उत्पादनक कम्पनीले जानकारी दिएको छ । फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन एफडीएले परीक्षण नतिजा पुनःमूल्याङ्कन नगर्दासम्म औषधिको प्रयोगमा सावधानी अपनाउनुपर्ने जनाएको छ ।

यो औषधि सुरुमा इन्फ्लुएन्जाको उपचारका लागि विकास गरिएको भएपनि अहिले कोभिड–१९ को भाइरस शरीरमा फैलिन नदिने जेनेटिक कोड राखेर परीक्षण गरिएको थियो । ७ सय ७५ जनामा गरिएको परीक्षणमा औषधि खाएकामध्ये ७ दशमलव ३ प्रतिशतमात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भएका पाइएको छ । यसलाई सकारात्मक नतिजाका रुपमा हेरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ