Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलवर्न विश्वकै सबैभन्दा धेरै लकडाउन भएको शहर

मेलवर्न विश्वकै सबैभन्दा धेरै लकडाउन भएको शहर


मेलवर्न/कोरोनाको महामारी सुरु भएपछि भिक्टोरिया राज्यको मेलवर्नमा २४५ दिन लकडाउन भएको छ । आइतबार साझसम्मको तथ्यांक हेर्ने हो भने विश्वका शहरहरुमध्ये सबैभन्दा लामो समय लकडाउन हुने शहरहरुमा मेलवर्न सबैभन्दा अगाडी छ । मेलवर्नले अर्जेन्टिनाको राजधानी ब्युनोस एरिसलाई उछिन्दै धेरै लकडाउन हुने शहरमा सबैभन्दा अगाडी पुगेको हो । ब्युनोस एरिसमा २४४ दिन लकडाउन छ ।

मेलवर्नमा ६ पटकसम्म लकडाउन भएको छ । पहिलो लकडाउन सन् २०२० को मार्च ३० देखि मे १२ सम्म ४३ दिन भएको थियो । त्यसपछि १ सय ११ दिन, ५ दिन र चौथो पटक १४ दिन लकडाउन भएको छ । त्यस्तै पाचौ पटक १२ दिन र छैटौ पटक अगष्ट ५ देखि लकडाउन भइरहेको छ । आगामी अक्टोबर २६ सम्म लकडाउन घोषणा गरिएकाले मेलवर्नले २६७ दिन लकडाउनमा बिताउने देखिन्छ ।

लकडाउनका कारण मानिसहरुले रोजगारी गुमाएका छन् । घरभित्रै थुनिएर बस्नुपर्दा मानिसहरुमा मानसिक स्वास्थ्य समस्या समेत देखिन थालेको छ । अक्टोर ३ तारिखसम्म भिक्टोरिया राज्यभर कोरोनाको पहिलो खोप लगाउने मानिसको संख्या ८२ प्रतिशत पुगेको छ भने दुबै डोज लगाउनेहरु ५२.१ प्रतिशत छन् । दुबै खोप लगाउनेको संख्या ७० प्रतिशत र ८० प्रतिशत पुगेपछि लकडाउन खुकुलो पारिने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ