सिड्नीमा युवतीलाई अमर्यादित तरिकाले छोएपछि एक जना पक्राउ
सिड्नी/ एक युवती र महिलालाई यौनिक उदेश्य राखेर छोएको भन्दै न्यु साउथ वेल्स प्रहरीले एक २० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । वोइभर्ली प्रहरी चौकीले उक्त पुरुषविरुद्ध इच्छाविपरित यौनिक उदेश्य राखेर छोएको र जानाजान बालिकामाथी अश्लिल तरिकाले छोएको अपराधमा मुद्धा दर्ता गरेको छ । गत महिना सिड्नीको कुजीस्थित किराना पसलमा एक अपरिचित पुरुषले एक १५ वर्षिय युवतीलाई अश्लिल तरिकाले छोएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा त्यहि स्थानमा २५ वर्षिय अर्की युवतीलाई पनि उसै गरि छोइएको भेटिएको थियो ।
अक्टोबर ३ तारिखमा स्थानिय प्रहरीले उक्त युवकलाई पक्राउ गरेको हो । रेडफर्नस्थित युवकको डेरामा तलास गर्दा अनुसन्धानलाई सहयोग पुग्ने केही सामाग्री समेत बरामद भएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ । स्थानिय पारामाटा अदालतले ती युवकलाई धरौटीमा रिहा गर्न अस्विकार गरेको छ ।
अष्ट्रेलियामा कसैलाई पनि इच्छाविपरित छुनु गैरकानुनी मानिन्छ । कार्यस्थल, सार्वजनिक सवारी वा भिडभाडमा कसैलाई अमर्यादित तवर छुदा केही नेपालीहरु कानुनी झमेलामा समेत परेको उदाहरण छन् । केही महिना अघि कुइन्सल्याण्डको गोलकोष्टस्थित कार्यस्थलमा एक महिला ग्रँहकलाई अमार्यादित तवरले छोएको भन्दै एक नेपाली युवकमाथी कानुनी कारवार्ही सुरु भएको छ । ती नेपाली युवकले आफ्नो कुनै गलत नियत नभएको दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया