Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News५ घन्टा फेसबुक बन्द हुँदा जुकरबर्ग अर्बपतिको सुचीबाट एक स्थान तल झरे !

५ घन्टा फेसबुक बन्द हुँदा जुकरबर्ग अर्बपतिको सुचीबाट एक स्थान तल झरे !


काठमाडौं । पाँच घन्टा फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम बन्द हुँदा मार्क जुकरबर्गको सम्पत्तिमा ५ दशमलब ९ बिलियन डलरको गिरावट आएको छ । योसँगै जुकरबर्ग बिश्वकै अर्बपतीको सुचीबाट एक स्थान तल झरेका छन ।

फेसबुक डाउन हुँदा जुकरबर्गको सम्पत्ति घटेर ११७ बिलियन डलर पुगेको छ । अब जुकरबर्ग फोर्ब्स म्यागजिनको अर्बपतीको सुचीमा छैटौं स्थानमा झरेका छन । फेसबुककी कार्यकारी सेरिल स्यान्ड्बर्गको सम्पत्ति पनि १ दशमलब ९ बिलियन डलरले घटेको छ । यस अघि सन २०१९ मा फेसबुक १४ घन्टा बन्द भएको थियो । फेसबुक २ कारणले हिजो दबाबमा थियो । पहिलो– स्टक बजारमा घट्दो सेयर र दोश्रो– आज अमेरिकी संसद्मा फेसबुकबारे छलफल हुँदै थियो।

सोमबार राति ९ बजेदेखि विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक मंगलबार बिहानदेखि सञ्चालनमा आए । फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको फेसबुकका मालिक मार्क जुकरबर्गले जानकारी दिनुभएको छ । फेसबुककी प्रवक्ता एन्डी स्टोनले ट्वीट गर्दै सेवा सुचारु गर्न आफूहरू लागि परेको जानकारी दिएको केही समयपछि तीनवटै एप्स सञ्चालनमा आएका थिए ।

सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र पछि फेसबुककै स्वामित्व रहेको ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको बताइएको छ ।

Photo : campaignlive.co.uk/



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ