सपथ ग्रहणबाट फर्कदै गर्दा व्यक्तिको ज्यान बचाउने अष्ट्रेलियाली मन्त्री
सिड्नी/अष्ट्रेलियाको न्यु साउथ वेल्सका नवनियुक्त ट्रेजरर अर्थात अर्थमन्त्री म्याट केनको चर्चा चुलिएको छ । सरकारमा रहेर न्यु साउथ वेल्सको जनताका लागि के गर्छन् भनेर भन्दा पनि सपथ ग्रहण गरेकै दिन एक व्यक्तिको ज्यान जोगाएकाले केनको चर्चा सुरु भएको हो । सपथ ग्रहण गरेर फर्किदै गर्दा सडकमा अचेत भएर ढलेका एक पुरुषलाई सिपिआर (दुबै हातको पन्जाको साहाराले बिरामीको छातिमा पटक पटक थिच्ने कार्य ) दिएर ज्यान जोगाएको भन्दै अहिले समाजिक संजालमा केनको प्रशंसा भइरहेको छ ।
मंगलबार अर्थमन्त्रीको सपथ लिएर केन सिड्नीको संसद भवनबाट पैदल नै हिडेर सरकारी कार्यलय फर्कदै हुनुहुन्थ्यो । सडकमा अचेत भएर ढलेका पुरुषलाई एक महिला र अर्का एक पुरुषले सिपिआर दिने कोसिस गरिरहेका थिए । तर, खासै प्रभावकारी भइरहेको थिएन । केनले आफ्नो सिप प्रयोग गरेर ती पुरुषलाई सिपिआर दिए । अनि १० मिनेटपछि एम्बुलेन्स आइपुग्यो । आफुले केवल सर्वसाधारणले गर्ने जसरी नै आफुले जानेको सिपको प्रयोग मात्रै गरेको केनले स्थानिय रेडियो टुजिबीलाई बताउनुभएको छ । केनले न्यु साउथ वेल्सको रुरल फायर सर्भिसमा स्वयमसेवक हुदा सिपिआरको तालिम लिनुभएको थियो । उक्त पुरुषको सेन्ट भिन्सेन्ट अस्पतालमा भइरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारान्मुख भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया