Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनक्कली बिहे गरेर अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख झ्वाम । समातिए मणि

नक्कली बिहे गरेर अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख झ्वाम । समातिए मणि


काठमाडौ/ नक्कली बिहे गरेर डिपेन्डेण्ट भिषामा अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौमा एक व्यक्ति समातिएका छन् । एक जना २४ वर्षिय युवकलाई डिपेन्टेण्ड भिषामा अष्ट्रेलिया पठाइदिने भन्दै १२ लाख ठगी गरेको आरोपमा मणि निरौला समातिएका हुन् ।

पीडित युवकले आफु ठगिएको भन्दै उजुरी गरेपछि महाशाखाले निरौलालाई पक्राउ गरेको हो । महानगरिय अपराध महाशाखाका अनुसार पक्राउ अभियुक्तमाथी बैदेशिक रोजगारी ठगी सम्बन्धी मुद्धा दर्ता गरिएको छ । स्थानिय अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति समेत दिइसकेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी चन्द्र कुवेर खापुङका अनुसार यी अभियुक्तले अन्य थुपै मानिसलाई नक्कली बिहे गरेर अष्ट्रेलिया पठाइदिने भन्दै करोडौ रुपैया ठगी गरेको समेत भेटिएको छ ।

यी व्यक्ति प्रक्राउ परेको सुचना सार्वजनिक भएसंगै यी व्यक्तिबाट ठगी भएको भन्दै अन्य पीडितहरु समेत सम्पर्कमा आएको एसएसपी खापुङले नेपालट्युबलाई जानकारी दिनुभयो । यो समुहले अष्ट्रेलिया जान इच्छुक विद्यँर्थीलाई पैसा लगानी गरिदिने व्यक्ति खोजिदिने तथा नक्कली बिहे गरेर पैसा ठगी गर्ने गरेको एसएसपी खापुङको भनाई छ । काठमाडौ उपत्यकामा अन्य केही शैक्षिक परामर्शदाता कन्सलटेन्सीहरुले समेत नक्कली बिहे गरेर अष्ट्रेलिया पठाउने कार्य गर्दै आएको सुचना आएकाले निगरानीमा राखेको एसएसपी खापुङले बताउनुभयो ।

नक्कली बिहेले पीडित

नक्कली बिहे गरेर अष्ट्रेलिया आउनेहरुको संख्या बढिरहेको छ । लाखौ रुपैया खर्च गरेर डिपेन्डेण्ड भिषा लागिहाले पनि अष्ट्रेलिया आएपछि त्यस्ता नक्कली श्रीमान् र श्रीमतिले दुख पाएको धेरै उदाहरण छन् । केही दिन अघि नेपालीट्युबको सम्पर्कमा आएका एक युवकले नक्कली बिहे गरेर आउदा पाउनु सम्मको दुख पाएको बताउनुभएको छ । बिहे गरेर डिपेन्डेण्ट भिषामा आएकै हप्तादेखि छुट्टा छुट्टै राज्यमा बस्दै आएका यी युवकले नक्कली श्रीमतीले घरिघरि पैसा मागेर हैरान पार्दै आएको बताए । पैसा नदिए भिषा नै खारेज गरिदिने धम्की दिने गरेको समेत ती युवकले बताए ।

धम्कीबाट डराएर पैसा दिन बाध्य भएको समेत उनले बताए । कुक पढ्न थालेपछि डिपेन्डेण्ड भिषालँई विद्यँर्थीमा परिवर्तन गरेर ती युवक अहिले आफ्नो नक्कली श्रीमतिसंग डिभोर्स गर्ने तयारीमा रहेको समेत नेपालट्युबलाई बताए । सहमति मै डिभोर्स गर्न लागेपनि ती युवतीले भिषा थप्ने नाममा त कहिले डिभोर्सका लागि भन्दै हजारौ डलर मागिसकेका छन् । नक्कली बिहेका अन्य कानुनी र सामाजिक समस्या पनि छन् ।  नक्कली बिहे गरेको पत्ता लागेमा अष्ट्रेलियामा कडा कारवाही हुन्छ । भिषा रद्ध मात्रै होइन कि जालसाझी गरेको पुष्टी भएमा जेल र देश निकाला समेत हुन्छ । त्यसैले नक्कली बिहे गरेर आउनु निकै जोखिमपुर्ण छ ।  अर्को सामाग्रीमा त्यसबारे हामी प्रकाशन गर्दै जानेछौ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ