Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा अभिभावक बनभोज कार्यक्रम हुदै, निशुल्क सहभागी हुन पाइने

ब्रिजवेनमा अभिभावक बनभोज कार्यक्रम हुदै, निशुल्क सहभागी हुन पाइने


ब्रिजेवन/नेपालबाट आफ्ना छोरीछोरी भेट्न आउनु भएका अभिभावकका लागि ब्रिजवेनमा बनभोज कार्यक्रम हुने भएको छ । गैर आवासिय नेपाली संघ कुइसन्ल्याण्डले अक्टोबर ३० तारिखमा मुगेरा ताल आसपासमा बनभोज कार्यक्रमको आयोजना गर्न लागेको हो । संघ कुइसन्ल्याण्ड उपाध्यक्ष शम्भु घैंसेका अनुसार अभिभावकहरुलाई वनभोजमा निशुल्क सहभागी गराइने तथा अन्य व्यक्तिले भने २५ डलर तिर्नुपर्ने बताउनुभयो ।

एनआरएनए कुइन्सल्याण्डले हरेक वर्ष अभिभावकका लागि वनभोज आयोजना गर्दै आएको छ । कोरोनाका कारण धेरै अभिभावक घरमै गुम्सिएर बस्न बाध्य भएकाले समेत यसपालीको वनभोज उहाँहरुको लागि विशेष हुने घैंसेले बताउनुभयो । वनभोज कार्यक्रममा अभिभावकलाई खुसी बनाउन मिठामिठा परिकार, नाचगान र स्वास्थ्य परिक्षणको समेत व्यवस्था गरिनेछ । सहभागी हुन चाहाने अभिभावकले यथासक्य एनआरएनए कुइन्सल्याण्डमा नाम टिपाउन समेत अनुरोध गरिएको छ । नाम टिपाउनका लागि पोष्टरमा उपलब्ध नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
वनभोजमा सहभागी हुने अभिावकका लागि ब्रिजवेनको विभिन्न स्थानबाट पिकअपको समेत व्यवस्था गरिएको छ । सहभागी हुने संख्या तय भएपछि पिकअपको स्थान पनि तोकिने जनाइएको छ ।
आफ्ना अभिभावकलाई अनिवार्य रुपमा वनभोजमा सहभागी गराएर रमाइलो गराइदिन हुन समेत एनआरएनए कुइन्सल्याण्डले आग्रह गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ