Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतस्मानियामा भोली दशैँ कप, मैदानमै दुर्गा पुजा

तस्मानियामा भोली दशैँ कप, मैदानमै दुर्गा पुजा


होबार्ट/ नेपाली सोसाइटी अफ तास्मानियाले दशै कप को आयोजना गर्ने भएको छ । नेपाली सोसाइटी अफ तस्मानिया नेष्टले नेपालीहरुको महान चाँड बडादशैँको अवसर पारेर नेप्लिज तास्मानिया स्पोर्टस एसोसेशन र अष्ट्रेलिया नेप्लिज फुटबल एसोसेशनको सहयोगमा दुई दिने फुटबल प्रत्योगिताको आयोजना गरेको हो ।

फुटवल खेलको दोस्रो दिन मैदानमा भव्य दुर्गा पुजा गरिने आयोजकले जानकारी दिएको छ । अक्टोबर ९ र १० तारिख केजिभी फुटबल ग्राण्ड गेलेनोरेकीमा हुने फुटबल प्रतियोगिता हुन लागेको हो ।तास्मानियाका नेपाली संघसंस्था र समुदायबिच खलकुदको माध्यमबाट भाईचार बढाउन तथा दशैको शुभकामना आदानप्रदानका लागि कपको आयोजना गरिएको नेष्टका अध्यक्ष खगेन्द्र सत्यालले जानकारी दिनभयो । कार्यक्रमको मुख्य अतिथीमा तास्मानियाका मन्त्री एलिस आचार आउने तय भएको छ ।

जित्नेले १५ सय अष्ट्रेलियन डलर र ट्रफि, दोस्रो हुनेले एक हजार अष्ट्रेलियन डलर र ट्रफि र तेस्रो हुनेले ५ सय अष्ट्रेलियन डलर र ट्रफि पाउने आयोजकले जनाएको छ । यसमा ७ वटा फुटवल टिमले सहभागीता जनाउने छन् । महिला टुर्नामेन्ट कर्पोरेट कप पनि राखेको आयोजकले जनाएको छ । कार्यक्रमलाई एनआरएनए तास्मानिया,  तास्मानिया नेपलिज क्रिकेट एशोसियसन, विनर सर्कल तास्मानिया, र होबार्ट ब्योईजले पनि सहयोग गरेको सत्यालले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ