Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमास्क नलगाएपछि भिक्टोरियाका सरकारप्रमुखलाई ४ सय डलर जरिवाना

मास्क नलगाएपछि भिक्टोरियाका सरकारप्रमुखलाई ४ सय डलर जरिवाना


मेलर्वन/ अष्ट्रेलियामा कानुनभन्दा माथी कोहि छैनन् भन्ने कुरा यसपाली कोरोना लकडाउनमा राम्रै देखियो । कोरोना लकडाउन र नियमको उल्लघन गरेको भन्दै भिक्टोरिया राज्यको सरकार प्रमुख प्रिमियर ड्यानियल एन्ड्रयुलाई प्रहरीले जरिवाना काटेको छ ।
मास्क नलगाई संसद भवनमा गएको भिडियो सार्वजनिक भएपछि प्रहरीले ड्यानियललाई कोरोना मापदण्ड उलघंन गरेको भन्दै ४ सय डलर जरिवाना तोकेको हो ।

गत बुधबार र बिहिबार ड्यानियलले संसद भवनको कारपार्कमा मास्क नलगाई हिड्दै पत्रकारसंग कुरा गरेका थिए । त्यहि भिडियो विश्लेषण गरेर प्रहरीले जरिवाना तोकेको हो । यसैबिच सरकार प्रमुख ड्यानियलले आफुले गरेको गल्तीप्रति माफी माग्नु भएको छ ।
प्रहरीले दुई दिन मास्क नलगाएको भन्दै २०० सय डलरको दुई वटा जरिवाना काटेको भिक्टोरिया प्रहरीले जनाएको छ ।
दैनिक सयौ मानिस कोरोनाबाट संक्रमित भईरहेको भिक्टोरियामा घरबाट बाहिर निस्कदा अनिवार्य मास्क लगाउनुपर्ने नियम छ । राजनीतिकर्मी र पत्रकारलाई पत्रकार सम्मेलनमा प्रश्न सोध्दा र उत्तर दिदा मास्क नलगाएपनि हुने छुट दिईएको भने छ । यदपी सरकार प्रमुखले पत्रकार सम्मेलनमा नभई कारपार्कमा मास्क नलगाई पत्रकारसंग कुरा गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ