Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनको दशैं खसी बाजी दोस्रो पुस्ताले जिते

ब्रिजवेनको दशैं खसी बाजी दोस्रो पुस्ताले जिते


ब्रिजवेन/ दशैंको उपलक्ष्यमा ब्रिजवेनमा आयोजित खसी बाजी फुटवल प्रतियोगितामा दोस्रो पुस्ता अर्थात नाति टिम विजयी भएको छ । नेपलिज एशोसियसन अफ कुइन्सल्याण्ड एनएक्युले आयोजना गरेको प्रतियोगितामा दोस्रो पुस्ताको टिम द नेक्स्ट जेनेरेसन फुटवल टिम विजयी भएको हो । दोस्रो पुस्ताको टिमले गोरखा फुटवल क्लबलाई  ४ -२ गोल अन्तरले हराएको हो ।

४० मिनेटको खेलमा दुबै टिमले २ – २ गोल गरेपछि अतिरिक्त समय थप गरिएको थियो । थपिएको समयमा नेक्स्टजेनले थप दुई गोल गरेको हो । खेलमा वेष्ट प्लेअरको उपाधी नेक्स्ट जेनका प्रसिद्ध पौडेल र वेष्ट गोल किपरको ताज गोरखा टिमका डाक्टर ठुलो गुरुङ्गले पाउनुभयो ।

प्रतियोगितामा ब्रिजवेन आसपासका ६ वटा टिम सहभागी भएका थिए । विजयी टिमले एउटा खसी, शिल्ड र मेडल प्राप्त गरेको छ । त्यस्तै दशैं कार्यक्रममा ४५ वर्ष उमेर भन्दा माथीका खेलाडी समावेश भएका नर्थ र साउथ व्रिजवेनबिच पनि फुटवल प्रतियोगिता भएको थियो । यस खेलमा साउथ टिम विजयी भएको छ । दशैमा भाइचार बढाउदा, नेपाली संस्कृतिलाई दोस्रो पुस्तालाई चिनाउन तथा शुभकामना आदन प्रदानका लागि एनएक्युले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ । photo- Razu Kan

 


ट्याग : #brisbane, #Football, #Next Generation
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ