Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा शहर अनुसार दशैंको टिकाको साइत यस्ता छन । टिकाबारे ज्योतिषको टिप्स

अष्ट्रेलियामा शहर अनुसार दशैंको टिकाको साइत यस्ता छन । टिकाबारे ज्योतिषको टिप्स


ब्रिजवेन/ यसपालीको दशैंको टिका अक्टोबर १५ तारिख शुक्रबार परेको छ । हिन्दु धर्म अनुसार दशैको टिका साइत हेरेर लगाइने चलन छ ।
अष्ट्रेलियामा पनि नेपाली हिन्दु समाज, अष्ट्रेलियाले टिका लगाउने शुभसाइत सार्वजनिक गरेको छ । स्थानिय क्षेत्रको सुर्योदयको समयलाई मापन गरि, शुभसाइत निकालिएको समाजले जनाएको छ ।

राहुकाल, गुलिककाल, रोग र मृत्यु बेला नपरेको समय छनोट गरि अमृत र अभिजित समय पहिचान गरि शुभसाइत निकालिने सिड्नीका ज्योतिष जयराम अधिकारीले जानकारी दिनुभयो । हिन्दु समाजले निकालेको शुभसाइतको समय पहिचान गर्न पनि अधिकारीको संलग्नता छ । समाजले निकालेको विवरण अनुसार अष्ट्रेलियाको विभिन्न शहरमा विजया दशमीको टिका लगाउने शुभसाइत यस प्रकार छन् ।

ज्योतिष अधिकारीका अनुसार साइतमै टिका लगाउन नसकेपनि विजय दशमीको दिन भरी नै टिका लगाउन उत्तम हुन्छ । त्यस्तै टिका लगाउन आफन्त नभएकाले आफुभन्दा उमेरले ठुलो जो कोही व्यक्तिबाट टिका लगाएर आर्शिवाद लिन सकिने समेत अधिकारीले बताउनुभयो । शास्त्रका अनुसार ठुलोबडा नभएपनि ९ वर्षभन्दा मुनीका कन्याको हातबाट समेत टिका थाप्दा उत्तम हुने ज्योतिष अधिकारीको भनाई छ । टिका लगाउनका लागि जमरा छैन भने पनि रोतो रंगको कुनै पनि फुललाई देवीको प्रतिकका रुपमा ग्रहण गर्न सकिने उहाँको भनाई छ ।


ट्याग : #dashain, #Tika
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ