Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज बडादशैंको चौथो दिन, कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिदैँ

आज बडादशैंको चौथो दिन, कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिदैँ


काठमाडौं । बडादसैंको चौथो दिन आज, नौ दुर्गामध्येकी एक कुष्माण्डको पूजा आराधना गरिँदै छ । कतिपयले दसैँ घर र पूजाकोठामा पूजाआजा गर्दा देशैभरका शक्ति पिठहरुमा आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्नेहरुको भीड नै लागेको छ ।

नवदुर्गा मध्येकी चौथी देवी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छन् । सिंहमाथि सवार कुष्माण्डको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन् । कुष्माण्डाको आराधनाबाट रोग, शोक र विभिन्न प्रकारका कष्ट निवारण हुने विश्वास रहिआएको छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरूले दसैंभर भगवतीको आराधना गर्छन् । बडा दशैंमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ । प्रत्येक दिन एक एक देवीको आराधना गरेर नौ दिनमा नवरात्र अनुष्ठान पूरा गर्ने प्रचलन रहिआएको छ ।

पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गर्ने गरिएको बताइन्छ । दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय–समयमा विभिन्न रूप लिएकी थिइन् । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आह्वान गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ । यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ ।

कोरोना महामारी कम भए पनि जोखिम अन्त्य नभएकाले नेपालीले महान् चाडका रुपमा मनाउने बडादसैँमा विशेष सावधानी अपनाउन प्रशासनले आह्वान गर्दैआएको छ । शक्तिपीठमा जम्मा हुने भक्तजनले मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाका विधि अपनाएको देखिए पनि भौतिक दूरी भने कायम गरेका छैनन् । यसले फेरि कोरोना महामारी फैलने हो कि भन्ने चिन्ता बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ