Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगम्भीर आर्थिक संकटमा लेबनान, विद्युत अभावमा अधिकांश क्षेत्रहरु अन्धकार

गम्भीर आर्थिक संकटमा लेबनान, विद्युत अभावमा अधिकांश क्षेत्रहरु अन्धकार


एजेन्सी । गम्भीर आर्थिक संकट झेलिरहेको लेबनानमा विद्युत आपूर्ति बन्द भएको छ । विद्युत अभावमा अधिकांश क्षेत्रहरु अन्धकार भएका छन् । इन्धन अभावका कारण देशका दुई ठूला उर्जा केन्द्रहरु (डेइर अमार र जाहरानी) बन्द भएको सरकारी अधिकारीले जनाएका छन् ।

शनिबार दिउँसोदेखि बन्दा भएका उर्जा केन्द्रहरु अझै केही दिन सञ्चालन गर्न सक्ने अवस्था नरहेको सरकारी अधिकारीले बताएका छन् । पछिल्लो १८ महिनादेखि लेबनानले गम्भीर आर्थिक संकट झेलिरहेको छ । यस्तै इन्धनको अभाव पनि पछिल्लो समय गम्भीर रुपमा देखापरेको छ । आर्थिक संकटसँगै लेबनानका आधा नागरिकहरु गरिबीमा धकेलिएका छन् । लेबनानको मुद्राको मूल्य शुन्य प्राय बनेको छ ।

आर्थिक संकटका कारण देशमा राजनीतिज्ञविरुद्ध ठूला प्रदर्शनहरु भैरहेका छन भने विदेशी मुद्रा नहुँदा इन्धन आपूर्ति गर्ने विदेशी फर्मलाई पैसा तिर्न समेत सरकार असफल बन्दैआएको छ । इन्धनको अभावका कारण डिजलका कारण चल्ने निजी जेनेरेटर पनि सञ्चालन भएका छैनन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ