Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप : ४ जनाको मृत्यु, ३० जना बढी घाइते

जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप : ४ जनाको मृत्यु, ३० जना बढी घाइते


काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको ज्यान गएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन सकेको छैन । शिक्षण अस्पताल (युसीएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले मृत्यु हुने एक जना कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का ४८ वर्षीय रमेश परियार रहेका जानकारी दिनुभयो ।

परियारको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ । मृत्यु भएकाहरु सबै सर्वसाधारण हुन् । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ । भीडन्तकाबीच प्रहरीले अस्थायीरूपमा बनाइएका टहराहरू भत्काएको छ । झडपमा परी कैयौँ घाइते भएका छन् । प्रहरीका अनुसार १५ जना सर्वसाधारण र १५ जना प्रहरी घाइते भएका छन् । औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू प्रहरीले भत्काउन थालेपछि स्थिति तनावग्रस्त बनेको हो । अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि सरकारी जग्गा संरक्षणका लागि प्रहरीले बल प्रयोग गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा विसं २०७२ चैत १ मा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । स्थितिलाई नियन्त्रण लिन स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि अपराह्न ४ बजेदेखि कर्फ्यू आदेश नै जारी गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ