Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaदुबै खोप लगाएकालाई आजदेखि सिड्नीमा स्वतन्त्रता प्रदान, यस्ता छन् गर्न पाइने सुची

दुबै खोप लगाएकालाई आजदेखि सिड्नीमा स्वतन्त्रता प्रदान, यस्ता छन् गर्न पाइने सुची


सिड्नी/महिनौको कठोर लकडाउनपछि आजदेखि सिड्नी लगायत न्यु साउथ वेल्स राज्यले स्वतन्त्रता पाउदैछ । राज्यका दुबै खोप लगाएका मानिसलाई हिडडुलदेखि किनमेलसम्मको स्वतन्त्रता प्रदान गरिएको छ । कोरोनाको डेल्टा भेरियन्ट फैलिएपछि केही महिनादेखि सिड्नी लगायत आसपासका क्षेत्रमा कठोर लकडाउन गरिदै आइएको थियो ।

तर, दुबै खोप लगाउने संख्या ७० प्रतिशत कटेपछि राज्यले प्रतिबन्धहरु खुकुलो बनाउने निर्णय गरेको हो । यसअघि अघि लागु गरिएका कठोर नियमहरु हटाइएको छ । क्याफे, रेष्टुरेन्ट, बारहरु खुल्ने भएका छन् । त्यस्तै जिमखाना पनि खुल्न थालेका छन् ।

  • नयाँ नियम अनुसार दुबै खोप लगाउनेहरुले गर्न पाउने सुची यस्ता छन् ।
    १. घरमा बढीमा १० जना पाहुना बोलाउन पाइने (जसमा १२ वर्षभन्दा मुनी बालबालिका गन्ती नहुने)
    २.खुल्ला स्थानमा बढीमा ३० जनासम्म भेला हुन पाइने
    ३. बिहे र मलामीमा बढी १ सय जना सहभागी हुन पाइने ।
    ४.पौडी पोखरीहरु पौडी प्रशिक्षणका लागि खुल्ला गरिने
    ५.सार्वजनिक कार्यक्रममा कुर्सीमा बस्ने हो भने ५ सय जनासम्म सहभागी हुन पाइने
    ६. ५ किलोमिटर यात्रा प्रतिबन्ध हटेर ग्रेटर सिड्नीभर आवतजावत गर्न पाइने
    ७. एजकेयर र डिजेविलिटी होममा प्रतिदिन दुइ जना पुरा खोप लगाएका भिजिटरलाई प्रवेश दिइने ।
    ८. रंगशाला र थिमपार्कमा ५ हजार जनासम्मलाई प्रवेश गर्न दिइने ।
    ९. रिजनल क्षेत्रका न्यु साउथ वेल्सवासीले राज्यको अर्को रिजनल क्षेत्रमा घुम्न जान पाउने ।

दुबै खोप लगाउनेको संख्या ८० प्रतिशत पुगेपछि थप नियमहरु खुकुलो पारिदै जाने राज्य सरकारले जनाएको छ । Photo- तस्बिरमा न्यु साउथ वेल्सका प्रिमियर डोम


ट्याग : #Australia, #corona, #lockdown, #sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ