Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनएको चुनाव सार्ने तयारी । अक्टोबर १७ मा आइसिसिको बैठकले निर्णय गर्ने

एनआरएनएको चुनाव सार्ने तयारी । अक्टोबर १७ मा आइसिसिको बैठकले निर्णय गर्ने


ब्रिजवेन/पराराष्ट्र मन्त्रालयको ठाडो हस्तक्षेपपछि अन्तत गैर आवासिय नेपाली संघको महाधिवेशन सर्ने भएको छ । गत शुक्रबार पराराष्ट्र मन्त्रालयले तीन वटा बुदा पुनरावलोकन नगरी महाधिवेशन नगर्न स्पष्ट आदेश दिएपछि एनआरएनए नेतृत्व बिलखबन्दमा परेका हुन् । आइतबार बसेको एनआरएनए सचिवालय बैठकले सरकारसंग मुडभेड नगरी ६ महिनाभित्र अधिवेशन गरि सक्ने गरि मिति सार्ने मनस्थिती बनाएको हो । यसअघि अक्टोबर २३ देखि २५ तारिखसम्म एनआरएनएको अधिवेशन गर्ने तयारी भएको थियो ।

अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहसचिव, प्रवक्ता, महिला र युवा संयोजक सदस्य रहने सचिवालय बैठकले ६ महिनाभित्र अधिवेशन गर्ने गरि तत्काललाई मिति सार्नका लागि आइसिसिलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले नेपालट्युबलाई जानकारी दिनुभयो । विधानले विशेष परिस्थितीमा ६ महिनासम्म कार्यसमितिको म्याद ६ महिनासम्म लभ्याउन सक्छ । अधिवेशन सार्ने निर्णय र अर्को मिति तय गर्नका लागि अक्टोरब १७ तारिखमा अन्तराष्ट्रिय समन्वय समिति आइसिसिको बैठक ठाकिएको उपाध्यक्ष मन केसीले जानकारी दिनुभयो । एनआरएनएको विधान नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता छ । महाधिवेशन प्रतिनिधी छनोटमा अनियमितता भएको भन्दै केही समुले पराराष्ट्रमा उजुरी गरेका थिए ।

पराराष्ट्रले पठाएको निर्देशनात्मक चिठ्ठी अध्यक्ष कुमार पन्तसंग मात्रै छ । उक्त चिठ्ठीको भाव मात्रै अन्य सदस्यहरुलाई उपलब्ध गराइएको छ । उक्त चिठ्ठीमा खासगरी महाधिवेशन प्रतिनिधीको ६५ प्रतिशत छनोट सम्बन्धित देशको नया राष्ट्रिय कार्यसमितिले छनोट गनुपर्ने, जुलाई १ देखि ३१ भित्र निर्वाचन नभएका देशहरुको चुनाव पुनरावलोकन गर्नुपर्ने तथा विद्यार्थी सदस्य बनेका देशमा सदस्यता पुनरावलोकन गनुपर्ने निर्देशन परराष्ट्रले दिएको छ । पुनरावलोकन भनेको के हो भन्ने बारे कानुनी सल्लाह लिने काम भइरहेको उपाध्यक्ष केसीले बताउनुभयो । यसअघि अदालत गएर पराराष्ट्रको निर्देशन उल्ट्याउने भन्ने विषयमा कुनै निर्णय नभएको समेत केसीले जाकारी दिनुभयो ।

त्यस्तै एनआरएनका क्षेत्रिय संयोजक होमनाथ पाण्डेले पराराष्ट्र मन्त्रालयको निर्देशनलाई एनआरएनमाथीको हस्तक्षप भएको बताउनुभयो । मन्त्रालयको अनावश्यक हस्तक्षेपले संस्थाको छवी मा नै असर परेकाले त्यसलाई रोक्न समेत पाण्डेले अनुरोध गर्नुभयो । आफु स्वयमसेवी भएर एनआरएनमा कार्यकाल लभ्याउन नचाहेको उहाँको भनाई थियो । हालको आइसिसि कार्यसमितिको कार्यकाल अक्टोबर १८ मा सकिदैछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ