Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsतत्काल १४ लाख लाईसेन्स कार्ड ल्याउदै यातायात व्यवस्ता विभाग

तत्काल १४ लाख लाईसेन्स कार्ड ल्याउदै यातायात व्यवस्ता विभाग


काठमाडौं । लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ । छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले लामो समयसम्म कार्ड आउन सकेको थिएन ।

यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्काे कम्पनीबाट खरिद गरिएकाले समस्या आएको जानकारी दिएको छ । महानिर्देशक नमराज घिमिरेले अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन लागिएको जानकारी दिनुभयो । चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख कार्ड तत्कालै आउन लागेको विभागले जनाएको छ । १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने र आगामी दिनमा उस्तै समस्या नदोहोरिने गरि व्यवस्थापनमा ध्यान दिइने महानिर्देशक घिमिरेले बताउनुभयो ।

विभागमा कार्ड आएपछि झण्डै आधा अहिलेकै मागको छपाई गर्नुपर्नेछ । आगामी दिनमा पनि अनुमतिपत्रको समस्या आउन नदिने कुरामा विभाग सचेत रहने बताइएको छ । विगतमा प्राविधिक समस्या आएकाले अब ठेक्का गर्दा समस्या नआउने कुरामा ध्यान दिइने बताइएको छ । सेवाग्राहीलाई सजिलोका लागि सुरू गरिएको ‘स्मार्ट’ चालक अनुमतिपत्र सुविधा भन्दा पनि सास्ती बनिरहेको छ । विभिन्न समस्याका कारण सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकेका छैनन । प्रयोगात्मक परिक्षाका लागि महिनौँ पर्खनुपर्ने बाध्यतामा रहेका सेवाग्राहीहरु फारम भर्न समेत सास्ती खेपिरहेका छन् ।

दुई वर्ष पहिले विभागले एउटै ठेक्काबाट ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) र १० लाख कार्ड ल्याइएको थियो । त्यो कार्ड अब एकदुई हजार मात्रै बाँकी छन् । कार्ड अभावमा विभागले अति आवश्यक पर्नेलाई मात्रै अनुमतिपत्र छापिरहेको छ । यातायात कार्यालयहरुले भने एक वर्षका लागि अस्थायी चालक अनुमतिपत्र वितरणको काम सुरू गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ