Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaहोबार्टमा दशैं कप सम्पन्न । बिकास्ट बन्यो च्याम्पियन

होबार्टमा दशैं कप सम्पन्न । बिकास्ट बन्यो च्याम्पियन


होबार्ट/नेपाली सोसाइटी अफ तास्मानियाले आयोजना गरेको २ दिने दशैँ कप फुटबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । उक्त प्रतियोगिताको फाइनलमा एनएपफ सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बिकास्ट टीमले उपाधिमा कब्जा जमायो । नेपाली तास्मानिया स्पोर्ट एसोसियसन अष्ट्रेलिया (एनटिएसए) र अष्ट्रेलियन नेपाली फुटबल एसोसियसन(एन्फा) को सहकार्यमा भएको खेलको उद्घाटन खेल होबार्टमा रहेका महिलाहरूबीच भएको थियो ।

सोही प्रतियोगितामा आइतबार बिजनेश अर्गनाइजेशन र सोसल अर्गनाइजेशनबिच पनि प्रतिस्पर्धा भएको थियो । जसमा सोसल अर्गनाइजेशन २–० गोल अन्तरले विजयी भयो । होबार्टमा रहेका उद्योगहरू र तास्मानियामा रहेका संघसंस्थाहरूबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न २ संस्थाबिच मैत्रिपूर्ण खेल खेलाइएको थियो । प्रतियोगिताको उद्घाटन समारोहमा तास्मानिया राज्यकी महान्यायाधिवक्तासमेत रहनु भएकी न्याय, कार्यस्थल सुरक्षा तथा कलामन्त्री एलिस आर्चर लगायतको उपस्थित रहेको थियो । मन्त्री आर्चर नै प्रतियोगिताको औपचारिक उद्घाटन गर्नु भएको हो। उक्त कार्यक्रममा आर्चरले कोरोनाका कारण केही टाढिएको व्यवहारलाई जोड्न खेल महत्वपूर्ण हुने बताउनुभयो ।

शनिबारको लिग खेलमा तास्मानियका ७ वटा टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको उपाधि होबार्टको बिकास्ट टिमले जितेको छ । प्रतियोगितामा प्रथम भएको उक्त क्लबले ट्रफिसहित पुरस्कार स्वरूप नगद १५०० डलर प्राप्त गर्यो । निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको निर्धारित समयमा एक(एक गोलको बराबरीमा सकिएको थियो । एनएपफसिटी र बिकास्टबिचको खेलमा पेनाल्टी सुटआटबाट उपाधिको छिनोफानो गरिएको थियो । जसमा बिकास्ट टिम भाग्यमानी साबित हुँदै च्याम्पियन बन्यो । दोश्रो बनेको एनएफसिटीले ट्रफीसहित १००० डलर पुरस्कार पायो । त्यसैगरी, खुकुरी ब्लुलाई हराउँदै तेश्रो बनेको मार्फा एफसीले ट्रफीसहित ५०० डलर पुरस्कार स्वरूप पाएको थियो । संस्थाका अध्यक्ष खगेन्द्र सत्यालका अनुसार अक्टोबर ९ र १० तारिखका दिन भएको खेलमा उल्लेख्य संख्यामा दर्शकको उपस्थिति रहेको थियो । उक्त खेल तास्मानिया फुटबल फेडेरेशनका रेफ्रीद्वारा खेलाइएको थियो । खेलको व्यवस्थापकीय पक्ष एकदम चुस्त भएको आयोजक पक्षले दाबी गरेको छ ।

खेलको दोश्रो दिन दुर्गा पुजा समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अध्यक्ष सत्यालले नेपाली समुदायले कार्यक्रम र खेलप्रति देखाएको सद्भावको प्रशंसा गर्नुभएको थियो । यस प्रतियोगितामा उत्कृष्ट गोलकिपर च्याम्पियन टोलीका बिनोद कार्की बन्नु भयो । सबैभन्दा धेरै गोल गर्ने खेलाडी भने एनएफ सिटीका सबिन केसी बन्नु भयो । उपाधिमा कब्जा जमाएको बिकास्टले फेयर प्लेको अवार्ड पनि हात पार्यो । त्यस्तै, म्यान अफ दि सिरिजको उपाधि एनएफ सिटीका नोरसिंह स्याङ्देनले उचाल्नु भएको छ । एनआरएनए तास्मानिया, तास्मानिया नेपाली क्रिकेछ एसोसियसन, होबार्ट बोइज र विनर सर्कलले पनि यस प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेका थिए । आइतबार खेल मैदानमा पण्डित तुलसीराम भण्डारीद्वारा दुर्गा पुजा गरिएको थियो । नेपाली सोसाइटी अफ तास्मानियाले कला, संस्कृति र धर्मलाई जगेर्ना गर्ने र दोश्रो पुस्तालाई पनि कला, साहित्य, धर्म र संस्कृति चिनाउने कार्यसँगै यस वर्ष पहिलो पटक दशैँ कप फुटबल प्रतियोगिता आयोजना गरेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ