Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा यसरी मनाइदै छ दशैं ।हाम्रो नजरमा परेका फोटोहरु यस्ता छन्

अष्ट्रेलियामा यसरी मनाइदै छ दशैं ।हाम्रो नजरमा परेका फोटोहरु यस्ता छन्


ब्रिजवेन/अष्ट्रेलियाका नेपालीले दशैंलाई हर्षउल्लासका साथ मनाइरहेका छन् । नेपालीहरुको जनसंख्या बढेसंगै दशैं पनि विशेष बन्दै आएको छ । नेपाली हिन्दु समाज अष्ट्रेलियाले सार्वजनिक गरेका शुभ साइत अनुसार धेरै नेपालीले दशैंको टिका लगाएका छन् । समाजले अष्ट्रेलियाको विभिन्न शहर अनुसार चाढोमा बिहान १० बजेर ३ मिनेटदेखि ढिलोमा १० बजेर ५१ मिनेटको शुभसाइत निकालेको छ ।

दशैंका बेलामा विभिन्न शहरमा नेपालीले दशैं कप फुटवलदेखि खसी बाजीसम्मका कार्यक्रमहरु राखेका छन् । सनसाइनकोष्टमा गरिएको खसी बाजी फुटवलमा रोयल कोष्ट नेपलिज फुटवल क्लब विजयी बनेको छ । नेपलिज कम्युनिटी अफ सनसाइनकोष्टले आयोजना गरेको प्रतियोगितामा ६ वटा टिम सहभागी थिए । त्यस्तै ब्रिजवेन, तास्मानिया र साउथ अष्ट्रेलियामा समेत फुटवल प्रतियोगिता भएका छन् ।

त्यस्तै डार्बिन र ब्रिजेवनमा दशैं विशेष कार्यक्रम आयोजना भएको छ । ब्ल्याक आइ क्रियसनले ब्रिजवेनमा दशै कार्यक्रम गरेको हो । दशैं मनाउनका लागि नेपालीले संचालन गरेका व्यवसायहरु आज अधिकाशं बन्द छन् । घरघरमा दुर्गा भवानीको पुजा गरिएको छ । घटस्थापनाका दिन घरघरमा राखिएको जमरा र दुर्गाभवानीको प्रसादका रुपमा टिका ग्रहण गरिएको छ । नेपालीले अष्ट्रेलियामा हुर्कदै गरेको आफ्नो दोस्रो पुस्तालाई समेत दशैंको महत्व झल्कने गरि दशैं मनाएको देखिन्छ । मान्यजनको हातबाट टिका, जमरा र आर्शिवाद थापेपछि अष्ट्रेलियाका नेपालीहरुले सामाजिक संजालमा सुन्दर तस्बिरहरु पोष्ट गरेका छन् । तीनै सुन्दर फोटोहरुबाट हामीले केही फोटो यहाँ प्रस्तुत गरेका छौ । फोटोहरु आज अबेरसम्मै थप गर्दै जानेछौ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ