Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaदशैंमा अष्ट्रेलियाका मन्त्री र सांसदको शुभकामनाको ओइरो । संसद भवनमै दशैं कार्यक्रम

दशैंमा अष्ट्रेलियाका मन्त्री र सांसदको शुभकामनाको ओइरो । संसद भवनमै दशैं कार्यक्रम


सरल गुरुङ/नेपालीहरुको महान चाड विजया दशमी अवसरमा अष्ट्रेलियाका संघिय मन्त्री, प्रिमियर, राज्यका मन्त्रीहरु तथा सांसदहरुले शुभकामना दिने क्रम बढेको छ । शुभकामनासंगै उनीहरुले नेपाली समुदायको मुक्तकण्ठले प्रशंसा समेत गरेका छन् । अष्ट्रेलियाको आप्रवासी तथा बहुसांस्कृतिक संघिय मन्त्री एलेक्स हकले नेपालीहरुलाई दशैंको शुभकामना दिनुभएको हो । शुभकामना सन्देशमा मन्त्री हकले दशैं अष्ट्रेलियाको बहुसांस्कृति समुदायको महत्वुर्ण हिस्सा भएको बताउनुभएको छ । त्यस्तै भिक्टोरिया राज्यका प्रिमियर ड्यानियल एन्ड्रयुले समेत बडा दशैंको शुभकामना दिनुभएको छ । कोरोनाका कारण भौतिक रुपमा टाढा भएपनि परिवार र समुदायसंग मिलेर रमाइलो गर्ने दिन छिट्टै आउनेछ भन्दै शुभकामना दिनुभएको हो । कुईन्सल्याण्ड राज्यकी प्रिमियर एनेस्तेसिया पालसेले समेत दशैंको शुभकामना दिनुभएको छ। दशै पारिवारिक भेटघाटको समय भएपनि कोभिडका कारण टाढा हुनु परेपनि भविष्यमा यस्तो नहुने भन्दै पालसेले शुभकामना दिनुभएको हो ।

त्यस्तै साउथ अष्ट्रेलियाका प्रिमियर स्टिभन मार्सल र प्रिमियरका सहायक मन्त्री जिङ लीले समेत सामुहिक रुपमा नेपालीलाई दशैंको शुभकामना दिनुभएको छ । त्यस्तै प्रमुख प्रतिपक्षी दल लेवर पार्टीका नेता एन्थोनी एल्बनिजीले समेत नेपालीहरुलाई दशैंको शुभकामना दिनुभएको छ । यसपाली कोरोनाका कारण परिवार र आफन्तसंग मिलेर दशैं मनाउन नपाएपनि अर्को वर्ष भने अवस्था यस्तो नरहने नेता एल्बनिजीले शुभकामना सन्देशमा भन्नुभएको छ । त्यस्तै न्यु साउथ वेल्सको बहुसांस्कृति मन्त्री नताली बार्डले समेत दशैंको शुभकामना दिनुभएको छ । त्यस्तै क्यानबेराका बहुसांस्कृतिक मन्त्री तारा चेनीले पनि नेपालीहरुलाई दशैंको शुभकामना दिनुभएको छ ।

संघिय सांसद डेभिड स्मिथले समेत दशैंको शुभकामना दिनुभएको छ । फोटो प्रदर्शनीमा किनेको नेपालको स्वयम्भुको तस्बिरमा आफ्नो फोटो राखेर सांसद डेभिडले दशैंको शुभकामना दिनुभएको हो । त्यस्तै सांसद गिलिया जोन्सले समेत दशैंको शुभकामना दिनुभएको छ ।

त्यस्तै कुईन्सल्याण्ड राज्यका स्याडो मन्त्री तथा प्रतिपक्ष दलका नेता डेभिड क्रिसाफुलीले समेत दशैंको शुभकामना दिनु भएको छ । सांसद समेत रहनु भएका डेभिडले आफ्नो शुभकामना सन्देशमा धार्मिक र सांस्कृतिक पर्व दशैंले मानिसमा नयाँ उर्जा र खुसी ल्याउने भन्दै यो महत्वपुर्ण पर्वले अष्ट्रेलियाको सबै मानिसको जीवनमा सकारात्मक प्रभाव पार्ने बताउनुभएको छ।

नर्दन टेरिटोरी राज्यमा त राज्य सरकारले नेपालीहरुलाई संसद भवन मै बोलाएर दशैंको शुभकामना दिएको छ । सन् २००९ मा हिन्दु समुदायका रुपमा सरकारले निम्तो दिने भएपनि अहिले भने दशैंका बेला नेपाली समुदायलाई मात्रै निम्तो दिएर शुभकामना दिने गर्छ । यसपाली घटस्थपनाका दिन नेपाली समुदायलाई संसद भवनमा दशैंको शुभकामना दिइएको थियो ।

नर्दन टेरिटोरी राज्य सरकारले नेपालीलाई संसद भवनमै बोलाएर दशैंको शुभकामना दिदै । photo- पुरा खबर

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका महासचिव राजु अधिकारीले यसपाली दशैंमा अष्ट्रेलियाका मन्त्री र सांसदबाट शुभकामना आउने क्रम बढेको बताउनुभयो । कोरोनाको समयमा नेपाली समुदायले यहाँको मन्त्री र सांसदहरुसंग पहुच बढाउन सफल भएको तथा समुदायका लागि नेपालीले पु¥याएको योगदानको समेत उनीहरुले कदर स्वरुप शुभकामना बढेको महासचिव अधिकारीको भनाई छ । सानो राज्यहरुमा नेपालीहरुले यहाँको सरकार र सांसदहरुसंग पहिले देखि नै पहुच बढाउदै आएको भएपनि कोरोना समयदेखि भने ठुला राज्यहरुमा समेत नेपालीको पहुच बढ्दै आएको अधिकारीको धारणा छ । नेपाली समुदायले पु¥याएको यो पहुचलाई राजदुतावासले कुटनीतिक रुपमा प्रयोग समेत गर्न सक्ने अधिकारीको भनाई छ ।

शुभकामना सन्देशहरु

!



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ