Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा एक नेपाली युवकको निधन

सिड्नीमा एक नेपाली युवकको निधन


सिड्नी/केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचारार्थ एक नेपाली युवकको निधन भएको छ । ४१ वर्षिय सन्जोग गुरुङ्गको उपचारका क्रममा लिभरपुल अस्पतालमा निधन भएको तमु समाज सिड्नीले जनाएको छ ।

सन्जोगलाई लागेको रोगका बारेमा सार्वजनिक नगरिदिन परिवारले अनुरोध गरेको समाजका संस्थापक अध्यक्ष प्रेम गुरुङ्गले बताउनुभयो । सन्जोगलाई पेट सम्बन्धी रोग लागेको बुझिएको छ । सन् २००४ मा अष्ट्रेलिया आउनु भएका सन्जोगको स्थाई घर पोखरा हो । उहाँको एक श्रीमती र दुइ सन्तान हुनुहुन्छ । सिड्नीको नेपाली समाजमा सक्रिय सन्जोग असल व्यक्तित्वको धनी रहेको प्रेम गुरुङ्गले बताउनुभयो । समुदायका लागि सधै एक कदम अगाडी देखिने सन्जोगको अल्पआयुमै निधन भएको प्रति समाजले दुख व्यक्त गरेको छ । अक्टोबर १९ तारिख बिहान साढे १० बजे लिपिङ्गटनमा सन्जोगको अन्तिम संस्कार गरिने तय भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ